लाखौ रकमसहित विभिन्न जिल्लाबाट ३६ जना जुवाडे पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
३३ पटक हेरिएको
Shares
लाखौ रकमसहित विभिन्न जिल्लाबाट ३६ जना जुवाडे पक्राउ

सारांश

  • प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३६ जनालाई पक्राउ गरेको छ ।
  • ललितपुर, काभ्रे, कैलाली लगायतका जिल्लाबाट लाखौ रकमसहित ३६ जना जुवाड पक्राउ परेका हुन् ।
  • ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठ समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

८ कार्तिक, काठमाडौँ । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३६ जनालाई पक्राउ गरेको छ । ललितपुर, काभ्रे, कैलाली लगायतका जिल्लाबाट लाखौ रकमसहित ३६ जना जुवाड पक्राउ परेका हुन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठ समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ३० हजार रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै रूपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवास्थित महाशारदा प्लाष्टिक एण्ड स्केप सप्लायर्समा जुवातास खेलिरहेको अवस्थामा ओमसतिया गाउँपालिका–४ बस्ने ३८ वर्षीय रूपेश गुप्तासहित ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ९० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उता, काभ्रेको पनौती नगरपालिका–९ रातेमाटेस्थित लक्ष्मी थोकरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ बर्षीय कान्छा राम घिसिङ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी बर्दियाको गुलरिया नगरपालिका–१० थारू पर्सियास्थित खेतबारीबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० बस्ने ५० वर्षीय दुलारी यादव समेत ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ हजार ८ सय ५५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । उता, कैलालीको गोदावरी नगरपालिका– ३ मुक्ति शिविर जंगलको खुल्ला चौरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ मालाखेती बस्ने ४१ वर्षीय जगत सुनार समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट

खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ७ सय ७२ रूपैयाँ र २ बुक तास सहित गएराति पक्राउ गरेको हो ।पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडा अधिवेशन सारेर तोकिएको मितिमा महाधिवेशन गर्न गगनको प्रस्ताव
वडा अधिवेशन सारेर तोकिएको मितिमा महाधिवेशन गर्न गगनको प्रस्ताव
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग
पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग
लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी
रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी
नेपाल प्रहरीका ६३ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
नेपाल प्रहरीका ६३ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
ज्योती डिस्टलरीमा बोइलर विस्फोटमा १ को मृत्यु, ६ घाइते
ज्योती डिस्टलरीमा बोइलर विस्फोटमा १ को मृत्यु, ६ घाइते
राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग
राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग
संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प
संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प