रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित

सारांश

  • मधेस राजनीतिको केन्द्र मानिने रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित दर्ता गरेको छ ।
  • प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाका उम्मेदवार राजेश चौधरी भारी मतान्तरसहित विजयी भएका हुन् ।
  • निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चौधरीले २८ हजार ९४६ मत प्राप्त गरे।

२३ फागुन,रौतहट ।

मधेस राजनीतिको केन्द्र मानिने रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित दर्ता गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाका उम्मेदवार राजेश चौधरी भारी मतान्तरसहित विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चौधरीले २८ हजार ९४६ मत प्राप्त गरे। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तालाई १८ हजार २५३ को फराकिलो मतान्तरले पराजित गरेका हुन्।

एमालेका गुप्ताले केवल १० हजार ६९३ मतमा चित्त बुझाउनु पर्यो । यो निर्वाचन परिणामले रौतहटको पुरानो राजनीतिक विरासतलाई पूर्णतः उथलपुथल गरिदिएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपाको सह– संयोजक माधवकुमार नेपालले यसपटक अप्रत्याशित हार व्यहोरेका छन्। ’तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका नेपाल ७ हजार ६६९ मत प्राप्त गर्दै चौथो स्थानमा खुम्चिएका छन्। त्यस्तै, नेपाली कांग्रेसका हेभीवेट नेता अनिलकुमार झा पनि पराजित भएका छन्। उनले ८ हजार ५७४ मत ल्याएर तेस्रो स्थान हासिल गरे। जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार योगेन्द्र राय यादवले छाता चिन्हबाट ६ हजार ८४६ मत मात्र प्राप्त गरे।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार रौतहटमा दशकौंदेखि स्थापित पुराना दल र नेताहरूप्रतिको वितृष्णा र ’परिवर्तन’ को चाहनाले गर्दा रास्वपाका नयाँ अनुहार चौधरीलाई मतदाताले रोजेका हुन्। मधेसमा रास्वपाको यो उदयलाई आगामी राजनीतिको नयाँ संकेतका रूपमा हेरिएको छ। विजयी भएलगत्तै चौधरीले यो जित आफ्नो नभई रौतहटवासीको भएको र अब क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 
आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 
आजपा नेपालका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले दिए राजीनामा
आजपा नेपालका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले दिए राजीनामा
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता
सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिन्छ : प्रधानमन्त्री
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिन्छ : प्रधानमन्त्री
गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक
गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक