लिग २ क्रिकेटमा नेपालले ओमानसँग खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २७, २०८३
|
|
७३ पटक हेरिएको
Shares
लिग २ क्रिकेटमा नेपालले ओमानसँग खेल्दै

सारांश

  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ ।
  • अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
  • नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो ।

२७ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ ।

अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो । त्यस खेलमा नेपालका ब्याटर रोहित पौडेलले शतक बनाएका थिए ।

त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई पराजित गरेको थियो । ओमानको जितपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएपनि नेपालको ध्यान अब ओडीआई स्टाटस बचाउनेतर्फ छ ।

लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौंमा झरेको छ । ओमानको २९ खेलमा ३३ अंक छ ।

नेपाल शीर्ष ४ मा पर्ने सम्भावना सकिएसँगै अब एकदिवसीय विश्वकप छनोटको यात्रा तय गर्न प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र यूएई पनि हुनेछन् ।

लिग २ मा भने नेपाल अब पाँचौं वा छैटौंमध्ये एक स्थानमा रहेर टुङ्ग्याउन सक्छ । ओडीआई मान्यता जोगाउनेबारेमा आईसीसीको स्पष्ट प्रावधान आइसकेको छैन । छैटौं स्थानसम्म रहेमा सेफ ल्यान्डिङ हुने आकलन छ ।

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने
यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश
भक्तपुरमा एकै ठाउँमा २ युवतीको श*व फेला, प्रहरी घटनास्थलमा
भक्तपुरमा एकै ठाउँमा २ युवतीको श*व फेला, प्रहरी घटनास्थलमा
बागमती–३ का वडाध्यक्ष मोक्तानको निधन
बागमती–३ का वडाध्यक्ष मोक्तानको निधन
अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
आज ‘पेन डाउन’ गर्दै आवासीय चिकित्सक, माइतीघरमा पनि प्रदर्शन
आज ‘पेन डाउन’ गर्दै आवासीय चिकित्सक, माइतीघरमा पनि प्रदर्शन
बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान
थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन
थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प