Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यकः स्वास्थ्यमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३, २०८१
|
|
३५ पटक हेरिएको
Shares
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यकः स्वास्थ्यमन्त्री

सारांश

  • स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको बताएका छन् ।
  • आईतवार मन्त्रालयमा स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई केवल स्वास्थ्य मन्त्रालयको कार्यक्रमका रूपमा सिमित राख्न नहुने बताए ।
  • उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका सबै निकायहरूको दृढ संकल्प, नीति–निर्माताहरूको सहयोग र समग्र राष्ट्रको एकीकृत प्रतिबद्धता अपरिहार्य रहेको बताए ।

३ चैत, काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको बताएका छन् । आईतवार मन्त्रालयमा स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई केवल स्वास्थ्य मन्त्रालयको कार्यक्रमका रूपमा सिमित राख्न नहुने बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका सबै निकायहरूको दृढ संकल्प, नीति–निर्माताहरूको सहयोग र समग्र राष्ट्रको एकीकृत प्रतिबद्धता अपरिहार्य रहेको बताए ।

यसका लागि मन्त्रालयको तर्फबाट प्रधानमन्त्री तथा सिंगो संसदको सहयोगमा हाल विभिन्न निकाय तथा मन्त्रालयमार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एउटै संरचनाभित्र समेटी एकीकृत व्यवस्थापन गरिने जानकारी दिए । उनले छुट्टाछुट्टै रहेका कार्यक्रमहरूलाइ क्रमशः एउटै छातामुनि ल्याई उपचारमा सबैको समान पहुँच, सेवा प्रवाहमा पारदर्शिता र उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी स्वास्थ्य बीमा प्रणालीलाई समृद्ध, व्यवस्थित र नागरिकमैत्री बनाइने बताए ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा प्रणालीमा जोडिएर गरिने औषधि उपचार लगायतका धेरै जसो कार्य डिजिटल मध्यमबाट गरिँदै आएको बताउँदै अब यसलाई अधिकतम रुपमा विकास गरी पूर्णतया डिजिटल मध्यमबाट हुनेगरी विकास गर्ने योजना रहेको बताए ।  जसले औषधि उपचारका क्रममा लाग्ने सबै खर्च र प्रक्रियाहरूको बारेमा ट्रयाक राख्ने र कुनै प्रकारको  फेक क्लेम तथा अनियमितता हुन नदिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट
कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट
टी–२० श्रृंखलाको पहिलो खेलमा आज नेपाल नामिबियासँग भिड्दै
टी–२० श्रृंखलाको पहिलो खेलमा आज नेपाल नामिबियासँग भिड्दै
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस
पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
निर्वाचन सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन
निर्वाचन सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन
सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा सम्पन्न
सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा सम्पन्न
पर्सामा सीडीओ कार्यालय अघि मिटर ब्याज पीडितले गरे आत्मदाहको प्रयास
पर्सामा सीडीओ कार्यालय अघि मिटर ब्याज पीडितले गरे आत्मदाहको प्रयास
मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की
मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की
करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र
करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र