Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
४१ पटक हेरिएको
Shares
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस

सारांश

  •   राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्नुभएको छ ।
  • बैठकमा उहाँले मुलुकको आर्थिक, सामाजिक एवं भौतिक विकास समेटिएको आर्थिक सर्वेक्षण पेस गर्नुभयो ।
  • अर्थमन्त्री पौडेलले पेस गर्नुभएको आर्थिक सर्वेक्षणमा यसवर्ष आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत रहने अनुमान गरिएको छ ।

१५ जेठ, काठमाडौं । 

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्नुभएको छ । बैठकमा उहाँले मुलुकको आर्थिक, सामाजिक एवं भौतिक विकास समेटिएको आर्थिक सर्वेक्षण पेस गर्नुभयो । अर्थमन्त्री पौडेलले पेस गर्नुभएको आर्थिक सर्वेक्षणमा यसवर्ष आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत रहने अनुमान गरिएको छ । त्यस्तै, प्रदेशगत रूपमा मधेस, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदरभन्दा माथि रहने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार रू ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । कुल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव १६ प्रतिशत, उद्योगको १२ दशमलव ८३ र सेवा क्षेत्रको योगदान ६२ दशमलव शून्य एक रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले सदनमा जानकारी गराउनुभयो । चालु आवको फागुन मसान्तसम्मको अवस्थाअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुग्ने र औसत उपभोक्ता मुद्रा स्फीति चार दशमलव ७२ प्रतिशत रहेको आर्थिक सवेक्षणमा उल्लेख गरिएको छ । राष्ट्रियसभाको अर्को आज बेलुका ५ः१५ मा बस्नेछ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै
प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै
प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै
भरतपुरमा गुडिरहेको ईभीमा आ*गलागी हुँदा एक जनाको मृ*त्यु
भरतपुरमा गुडिरहेको ईभीमा आ*गलागी हुँदा एक जनाको मृ*त्यु
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
सहमतिपछि पनि व्यवसायीले सञ्चालन गरेनन् सार्वजनिक यातायात
सहमतिपछि पनि व्यवसायीले सञ्चालन गरेनन् सार्वजनिक यातायात
नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
कोप २८ मा नेपालले याचना होइन, सशक्त दाबी गर्नेछ : प्रधानमन्त्री
कोप २८ मा नेपालले याचना होइन, सशक्त दाबी गर्नेछ : प्रधानमन्त्री
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण