नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २२, २०८२
|
|
२९ पटक हेरिएको
Shares
नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सारांश

  • निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
  • सो उडान सन्दर्भमा आइतबार नेपालगञ्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउँदै उद्योग वाणिज्य संघ, नेपालगञ्जका अध्यक्ष टंक धामीले विगत एक दशकदेखि नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए ।
  • उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको व्यापार उद्योग, पर्यटनलगायतका क्षेत्र चलायमान हुने भएकाले उडानका लागि पूर्वाधार निर्माणसमेत भएकामा सरकारका तर्फबाट नीतिगत र कार्यान्वयनका कदम चाल्न आग्रह गरे।

२२ मंसिर, नेपालगञ्ज ।

निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सो उडान सन्दर्भमा आइतबार नेपालगञ्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउँदै उद्योग वाणिज्य संघ, नेपालगञ्जका अध्यक्ष टंक धामीले विगत एक दशकदेखि नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए ।

उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको व्यापार उद्योग, पर्यटनलगायतका क्षेत्र चलायमान हुने भएकाले उडानका लागि पूर्वाधार निर्माणसमेत भएकामा सरकारका तर्फबाट नीतिगत र कार्यान्वयनका कदम चाल्न आग्रह गरे। अर्थमन्त्री खनालले अहिलेको सरकार विशेष परिस्थितिमा निर्माण भएकाले चाहना हुँदाहुँदै काम गर्न नसकिने स्पष्ट पारे। आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि नयाँ सरकार निर्माण हुने उल्लेख गर्दै उनले यो सरकार अब तीन महिनाको लागि मात्रै भएको बताए ।

“राजनीतिक स्थितिलाई बिगार्ने र निर्वाचनका कामलाई प्रभावित गर्ने काम हामीबाट हुँदैन”, उनले भने । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले वस्तुको भन्सार दर घटाउन सरकारलाई आग्रह गर्दै तस्करीका कारण नेपाली व्यवसायी मर्कामा परेको बताए । संघका अध्यक्ष धामीले रुपैडिहाबाट सामान ल्याउँदा ठूलो परिमाणमा भन्सार चुहावट भएको उल्लेख गर्दै त्यसरी हुने चुहावट रोक्न आवश्यक भएको धारणा राखे । संघले विभिन्न विषय समेटेको २१ बुँदे ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का
संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
हरिपुरमा ‘समुन्नति परियोजना’ सम्बन्धी पुनरावलोकन बैठक 
हरिपुरमा ‘समुन्नति परियोजना’ सम्बन्धी पुनरावलोकन बैठक 
रवि लामिछाने विरुद्धको रिटको सुनुवाइ १८ असारमा
रवि लामिछाने विरुद्धको रिटको सुनुवाइ १८ असारमा
शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन
शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
बार निर्वाचनः मतगणना सोमबारदेखि
बार निर्वाचनः मतगणना सोमबारदेखि
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु