Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २२, २०८२
|
|
३९ पटक हेरिएको
Shares
नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सारांश

  • निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
  • सो उडान सन्दर्भमा आइतबार नेपालगञ्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउँदै उद्योग वाणिज्य संघ, नेपालगञ्जका अध्यक्ष टंक धामीले विगत एक दशकदेखि नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए ।
  • उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको व्यापार उद्योग, पर्यटनलगायतका क्षेत्र चलायमान हुने भएकाले उडानका लागि पूर्वाधार निर्माणसमेत भएकामा सरकारका तर्फबाट नीतिगत र कार्यान्वयनका कदम चाल्न आग्रह गरे।

२२ मंसिर, नेपालगञ्ज ।

निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सो उडान सन्दर्भमा आइतबार नेपालगञ्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउँदै उद्योग वाणिज्य संघ, नेपालगञ्जका अध्यक्ष टंक धामीले विगत एक दशकदेखि नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए ।

उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको व्यापार उद्योग, पर्यटनलगायतका क्षेत्र चलायमान हुने भएकाले उडानका लागि पूर्वाधार निर्माणसमेत भएकामा सरकारका तर्फबाट नीतिगत र कार्यान्वयनका कदम चाल्न आग्रह गरे। अर्थमन्त्री खनालले अहिलेको सरकार विशेष परिस्थितिमा निर्माण भएकाले चाहना हुँदाहुँदै काम गर्न नसकिने स्पष्ट पारे। आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि नयाँ सरकार निर्माण हुने उल्लेख गर्दै उनले यो सरकार अब तीन महिनाको लागि मात्रै भएको बताए ।

“राजनीतिक स्थितिलाई बिगार्ने र निर्वाचनका कामलाई प्रभावित गर्ने काम हामीबाट हुँदैन”, उनले भने । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले वस्तुको भन्सार दर घटाउन सरकारलाई आग्रह गर्दै तस्करीका कारण नेपाली व्यवसायी मर्कामा परेको बताए । संघका अध्यक्ष धामीले रुपैडिहाबाट सामान ल्याउँदा ठूलो परिमाणमा भन्सार चुहावट भएको उल्लेख गर्दै त्यसरी हुने चुहावट रोक्न आवश्यक भएको धारणा राखे । संघले विभिन्न विषय समेटेको २१ बुँदे ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस चुनावमा जान तयार छ : पूर्णबहादुर खड्का
कांग्रेस चुनावमा जान तयार छ : पूर्णबहादुर खड्का
रोहितको टेस्ट क्रिकेटबाट सन्न्यास : शान्त निर्णय, तर गहिरो प्रभाव
रोहितको टेस्ट क्रिकेटबाट सन्न्यास : शान्त निर्णय, तर गहिरो प्रभाव
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
सहकारी ठगी छानबिन समितिले माग्यो देशभरका सहकारीको विवरण
सहकारी ठगी छानबिन समितिले माग्यो देशभरका सहकारीको विवरण
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
विधेयकमा छुटेका यी २५ बुँदा समेट्न शिक्षक सङ्गठनको माग
विधेयकमा छुटेका यी २५ बुँदा समेट्न शिक्षक सङ्गठनको माग
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
रक्षामन्त्रीले गरे सुरुङमार्ग ‘ब्रेक थ्रू’
रक्षामन्त्रीले गरे सुरुङमार्ग ‘ब्रेक थ्रू’