सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सारांश
- सर्लाहीको बलरा नगरपालिकामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
- मंगलबार दिउँसो करिब १२:५५ बजे बलरा नगरपालिका–११, छतौनास्थित हुलाकी राजमार्गमा छतौनाबाट मलंगवातर्फ जाँदै गरेको प्र.
- २-०३-०१८ प ३२०६ नम्बरको मोटरसाइकल र बलरातर्फ आइरहेको म.
५ चैत, सर्लाही ।
सर्लाहीको बलरा नगरपालिकामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मंगलबार दिउँसो करिब १२:५५ बजे बलरा नगरपालिका–११, छतौनास्थित हुलाकी राजमार्गमा छतौनाबाट मलंगवातर्फ जाँदै गरेको प्र.२-०३-०१८ प ३२०६ नम्बरको मोटरसाइकल र बलरातर्फ आइरहेको म.प्र.-०२-००६ प ००६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा रौतहट, राजदेवी नगरपालिका–३, पथरा निवासी अन्दाजी ४५ वर्षीय सिकेन्द्र बैठा घाइते भएका छन्। उनको बायाँ हात र खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको बताइएको छ। त्यस्तै, सोही मोटरसाइकलमा सवार रौतहट, दुर्गा भगवती गाउँपालिका–५ निवासी अन्दाजी ४६ वर्षीय नरेश प्रसाद जयसवाल गम्भीर घाइते भएका थिए। उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको छ ।
मृतकको शव हाल वीरगञ्जस्थित ब्योध्या अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न अर्को मोटरसाइकलका चालक सर्लाही, रामनगर गाउँपालिका–१ निवासी अन्दाजी ३० वर्षीय होसनारायण रायलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गढहियामा पठाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया