सेनाको अधिकृत भन्दै ठगी गर्ने एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ५, २०८१
|
|
१६ पटक हेरिएको
Shares
सेनाको अधिकृत भन्दै ठगी गर्ने एक जना पक्राउ

सारांश

  • नेपाली सेनाको अधिकृत हुँ भनेर झुक्याई ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–३ का ३० वर्षीय राजु कार्की छन् ।
  • आफूलाई नेपाली सेनाको अधिकृत बताएर झुटो विश्वास दिलाई तीन लाख रुपैयाँ लिएर फरार भएको उनीमाथि आरोप छ ।

 

५ माघ,  काठमाडौं । नेपाली सेनाको अधिकृत हुँ भनेर झुक्याई ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–३ का ३० वर्षीय राजु कार्की छन् ।

आफूलाई नेपाली सेनाको अधिकृत बताएर झुटो विश्वास दिलाई तीन लाख रुपैयाँ लिएर फरार भएको उनीमाथि आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । थप अनुसन्धान र कारबाहीका निम्ति उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?