अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
३३ पटक हेरिएको
Shares
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का

सारांश

  • अमेरिकाको अलास्कामा बिहीबार बिहान करिब सवा २ बजे तीव्र भूकम्पको झड्का महसुस गरिएको छ  ।
  • रेक्टर स्केलमा यसको तीव्रता ७.
  • ३ मापन गरिएको थियो ।

१ साउन, काठमाडौं ।

अमेरिकाको अलास्कामा बिहीबार बिहान करिब सवा २ बजे तीव्र भूकम्पको झड्का महसुस गरिएको छ  । रेक्टर स्केलमा यसको तीव्रता ७.३ मापन गरिएको थियो । भूकम्पपछि राज्यका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिए पनि केही घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको छ । नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) अनुसार भूकम्प अलास्काको पपोफ टापु नजिकै स्यान्ड पोइन्ट क्षेत्रमा आएको थियो ।

यसको केन्द्र जमिनको सतहदेखि ३६ किलोमिटर गहिराइमा थियो । हालसम्म यस भूकम्पमा मानवीय क्षतिको कुनै जानकारी आएको छैन ।एक हप्तामा ४०० भूकम्प अलास्का भूकम्प एजेन्सीका अनुसार पछिल्लो एक हप्तामा लगभग ४०० वटा भूकम्प मापन गरिएका छन्। तीमध्ये सबैभन्दा ठूलो भूकम्प १६ जुलाईमा अटकास्थित क्षेत्रमा ५.१ म्याग्निच्युडको रहेको थियो। मिसिगन टेक्नोलोजिकल विश्वविद्यालयका अनुसार ७.० देखि ७.९ म्याग्निच्युडसम्मको भूकम्पले ठूलो क्षति पुर्‍याउने सम्भावना रहन्छ। अलास्कामा हरेक वर्ष झन्डै १० देखि १५ यस्ता भूकम्प मापन गरिन्छन्। भूकम्पपछि अलास्काको केही तटीय भागका लागि सुनामी चेतावनी प्रणालीमार्फत चेतावनी जारी गरिएको थियो। प्रभावित क्षेत्रमा अधिकारीहरूले जनतालाई सतर्क रहन र सुरक्षा निर्देशनहरू पालना गर्न अनुरोध गरेका छन्।

अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) का अनुसार यो भूकम्प स्यान्ड पोइन्टको दक्षिणतर्फ प्रशान्त र उत्तर अमेरिकी प्लेटबीचको सबडक्शन जोनमा वा नजिकै थ्रस्ट फोल्टिंगका कारण आएको हो अलास्का अमेरिकाको सबैभन्दा भूकम्पीय सक्रिय राज्य हो, जहाँ संसारभरका करिब ११ प्रतिशत र अमेरिकाभरका १७.५ प्रतिशत भूकम्पहरू मापन गरिन्छन्।मार्च १९६४ मा अलास्कामा ९.२ म्याग्निच्युडको भूकम्प आएको थियो, जुन उत्तरी अमेरिकामा हालसम्म मापन गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो। उक्त भूकम्पले एंकोरेज शहरलाई तहस-नहस बनाएको थियो। त्यसपछि आएको सुनामीले अलास्काको खाडी, अमेरिकाको पश्चिमी तट र हवाई क्षेत्रलाई व्यापक क्षति पुर्‍याएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?