विधेयकमा छुटेका यी २५ बुँदा समेट्न शिक्षक सङ्गठनको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १२, २०८२
|
|
७६ पटक हेरिएको
Shares
विधेयकमा छुटेका यी २५ बुँदा समेट्न शिक्षक सङ्गठनको माग

सारांश

  • एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले प्रतिनिधि सभामा पुगेको विद्यालय शिक्षा विधेयकमा छुटेका विषयहरू समेट्न माग गरेको छ ।
  • सङ्गठनका अध्यक्ष शंकर अधिकारी र महासचिव कुलप्रसाद खतिवडाले बिहीबार विज्ञप्ति जारी गर्दै २५ बुँदे सुझाव समेट्न माग गरेका हुन् ।
  • विधेयकका कतिपय प्रावधानहरु शिक्षा ऐन २०२८ ले व्यवस्था गरेका प्रावधान भन्दा पनि पश्चगामी रहेको विज्ञप्तिमा उल्लेख छ ।

१२ भदौ, काठमाडौँ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले प्रतिनिधि सभामा पुगेको विद्यालय शिक्षा विधेयकमा छुटेका विषयहरू समेट्न माग गरेको छ । सङ्गठनका अध्यक्ष शंकर अधिकारी र महासचिव कुलप्रसाद खतिवडाले बिहीबार विज्ञप्ति जारी गर्दै २५ बुँदे सुझाव समेट्न माग गरेका हुन् ।

विधेयकका कतिपय प्रावधानहरु शिक्षा ऐन २०२८ ले व्यवस्था गरेका प्रावधान भन्दा पनि पश्चगामी रहेको विज्ञप्तिमा उल्लेख छ । ‘तसर्थ सबै पक्षले अपनत्व महसुस गर्ने अग्रगामी विद्यालय शिक्षा ऐन निर्माणका लागि सम्बद्ध सबैको ध्यानाकर्षण गराउँदै तपसिल बमोजिम विद्यालय शिक्षा विधेयकमा संशोधन र परिमार्जनका लागि आग्रह गर्दछौ’, जारी विज्ञप्तिमा भनिएको छ ।

सङ्गठनले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्वका लागि तोकिएको आन्तरिक परीक्षाको प्रतिशत सहमतिअनुसार नभएको, गोल्डेन हेन्डसेक अन्तर्गत दिइने रकम किटान नभएको, स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध नभएको, सबै अस्थायी अवधि गणना नभएको लगायत विषय विधेयकमा नसमेटिएकोमा सङ्गठनले आपत्ति जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
दश महिनापछि एमाले केन्द्रीय कमिटीको बैठक
दश महिनापछि एमाले केन्द्रीय कमिटीको बैठक
सरकारलाई माओवादीको प्रश्‍न : २ बुँदे सहमति कहिले कार्यान्वयन हुन्छ ?
सरकारलाई माओवादीको प्रश्‍न : २ बुँदे सहमति कहिले कार्यान्वयन हुन्छ ?
चार वर्षमा चट्याङबाट २३७ को मृ*त्यु, ९०८ जना घाइते
चार वर्षमा चट्याङबाट २३७ को मृ*त्यु, ९०८ जना घाइते
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
बाल बालीकालाई नकरातमक भन्दा पनी सकरातमक तरिकाले संझाउन आवश्यता
बाल बालीकालाई नकरातमक भन्दा पनी सकरातमक तरिकाले संझाउन आवश्यता
राजावादी आन्दाेलनबारे प्रचण्डको टिप्पणी- उहाँहरुसँग अलिअलि पैसा छ, भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन्
राजावादी आन्दाेलनबारे प्रचण्डको टिप्पणी- उहाँहरुसँग अलिअलि पैसा छ, भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन्