राजावादी आन्दाेलनबारे प्रचण्डको टिप्पणी- उहाँहरुसँग अलिअलि पैसा छ, भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन्

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
राजावादी आन्दाेलनबारे प्रचण्डको टिप्पणी- उहाँहरुसँग अलिअलि पैसा छ, भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन्

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी आन्दोलनमा सहभागीहरुलाई भाडामा ल्याइएको टिप्पणी गरेका छन् ।
  • आज एक कार्यक्रममा बोल्दै प्रचण्डले राजावादी र पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न नगर्न आग्रह गरेका हुन् ।
  • उनले सदनमा संविधान अनुसार सपथ खाएर  संविधानिवरुद्ध नजान चेतावनी दिएका छन् ।

१७ जेठ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी आन्दोलनमा सहभागीहरुलाई भाडामा ल्याइएको टिप्पणी गरेका छन् । आज एक कार्यक्रममा बोल्दै प्रचण्डले राजावादी र पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न नगर्न आग्रह गरेका हुन् । उनले सदनमा संविधान अनुसार सपथ खाएर  संविधानिवरुद्ध नजान चेतावनी दिएका छन् ।

उनले भने,‘सदनमा यही संविधान अनुसार सपथ पनि खाने कानुन अनुसार सदनमा बसेर सबै सुविधाहरु लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबाले पनि विलकुल बेठीक हो । मैले धेरै अगाडिदेखि भन्दै आइरहेको छु राजावादी र ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगरेहुन्छ । नेपाल धेरै अघि बढिसकेको छ । भाडामा मान्छे ल्याएर कहिलेकाही जुलुस गर्ने कुरा सामान्य हो ।राजावादीहरुले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरुलाई छ ।

राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा सविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन । उहाँहरुसँग अलिकति पैसा छ । त्यही पैसाले मान्छे ल्याउने हो । ’उनले वर्तमान राजनीतिक परिस्थिति र विरोधका कारणहरूलाई लिएर स्पष्ट मत व्यक्त गरेका छन्। आन्दोलनलाई केवल राजा सम्बन्धी नभई वर्तमान सरकारप्रति जनताको असन्तुष्टिको रूपमा हेरिनु पर्ने उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु
पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
सरकारले नैतिकता गुमाइसक्यो, राजीनामा दिनु उचित हुन्छ : प्रचण्ड
सरकारले नैतिकता गुमाइसक्यो, राजीनामा दिनु उचित हुन्छ : प्रचण्ड
विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे
अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे
नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित
नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित
सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि, तोलामा १ लाख ८१ हजार नाघ्यो
सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि, तोलामा १ लाख ८१ हजार नाघ्यो
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्षल पाठक
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्षल पाठक
गोवामा ज्यान गुमाएका ५ नेपालीको सनाखत, श*व नेपाल ल्याउने तयारी
गोवामा ज्यान गुमाएका ५ नेपालीको सनाखत, श*व नेपाल ल्याउने तयारी