नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा सोमबार सम्पन्न भएको थियो ।
  • बैठकमा महामन्त्री गुरुराज घिमिरेले विभिन्न प्रस्तावहरू पेश गरेका थिए ।
  • छलफलपछि बैठकले महत्वपूर्ण दुई निर्णय गरेको पार्टीले जनाएको छ ।

२६ माघ, काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा सोमबार सम्पन्न भएको थियो । बैठकमा महामन्त्री गुरुराज घिमिरेले विभिन्न प्रस्तावहरू पेश गरेका थिए । छलफलपछि बैठकले महत्वपूर्ण दुई निर्णय गरेको पार्टीले जनाएको छ ।

बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२’ लाई आवश्यक परिमार्जनसहित पारित गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । गठन भएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ रहेका छन् भने सदस्यहरूमा केन्द्रीय सदस्य धना खतिवडा र सुवासकुमार पोखरेल रहेका छन्। बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा र योगेन्द्र चौधरी तथा पार्टी प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
आन्दोलनरत शिक्षकसँग प्रधानमन्त्रीले वार्ता गर्नुपर्छ, काङ्ग्रेस
आन्दोलनरत शिक्षकसँग प्रधानमन्त्रीले वार्ता गर्नुपर्छ, काङ्ग्रेस
पावरप्लेमा बिना कुनै विकेटको क्षतिमा कर्णालीले बनायो ५१ रन
पावरप्लेमा बिना कुनै विकेटको क्षतिमा कर्णालीले बनायो ५१ रन
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
मौसम र सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक
मौसम र सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक
सांसदको शपथ लगत्तै सर्वोच्चमा बालेनको तारिख
सांसदको शपथ लगत्तै सर्वोच्चमा बालेनको तारिख
जनतामा अहिले निकै ठूलो आक्रोस छ : प्रचण्ड
जनतामा अहिले निकै ठूलो आक्रोस छ : प्रचण्ड
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति
पासपोर्ट र भिसाबिना वीरगञ्जको होटलमा बस्ने बंगलादेशी नागरिक पक्राउ
पासपोर्ट र भिसाबिना वीरगञ्जको होटलमा बस्ने बंगलादेशी नागरिक पक्राउ
जेनजी आन्दोलनपछि सार्वजनिक भए प्रचण्ड, केन्द्रीय कार्यालय अवलोकन
जेनजी आन्दोलनपछि सार्वजनिक भए प्रचण्ड, केन्द्रीय कार्यालय अवलोकन