आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १५, २०८१
|
|
४२ पटक हेरिएको
Shares
आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

सारांश

  •  आज (मंगलबार) गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
  • जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।
  • जननिर्वाचित पहिलो संविधान सभाबाट विक्रम संवत् २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

१५ जेठ, काठमाडौँ । आज (मंगलबार) गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।

जननिर्वाचित पहिलो संविधान सभाबाट विक्रम संवत् २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ । यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ ।

देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गर्ने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड
नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड
मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
शंखरापुर बस दुर्घटना : २७ जना डिस्चार्ज, गम्भीर घाइते एकलाई मेडिसिटी लगियो
शंखरापुर बस दुर्घटना : २७ जना डिस्चार्ज, गम्भीर घाइते एकलाई मेडिसिटी लगियो
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
शिक्षा र स्वास्थ्यमा लगाएको कर लागू नगर्ने बालेनको निर्णय
शिक्षा र स्वास्थ्यमा लगाएको कर लागू नगर्ने बालेनको निर्णय
२७ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै
२७ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास
प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो
मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु, पहिलो खेलमा पुलिस क्लब विजयी
मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु, पहिलो खेलमा पुलिस क्लब विजयी