प्रधानमन्त्रीले गरे स्पेनमा रहेको नेपाली दूतावासको अवलोकन
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित नेपाली दूतावास कार्यालयको निरीक्षण गरेका छन्।
- प्रधानमन्त्री ओलीलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले स्वागत गर्दै कार्यालयको गतिविधिबारे जानकारी गराएका थिए।
- स्पेनमा हाल करिव १५ हजार नेपाली विभिन्न पेसा व्यवसायमा कार्यरत छन्।

१९ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित नेपाली दूतावास कार्यालयको निरीक्षण गरेका छन्। प्रधानमन्त्री ओलीलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले स्वागत गर्दै कार्यालयको गतिविधिबारे जानकारी गराएका थिए। स्पेनमा हाल करिव १५ हजार नेपाली विभिन्न पेसा व्यवसायमा कार्यरत छन्।

त्यस अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत सहभागी थिए।


प्रतिक्रिया