Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २८, २०८१
|
|
३३ पटक हेरिएको
Shares
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै

सारांश

  • विभिन्न कार्यक्रममा सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत माओवादी पदाधिकारीहरु आज रुपन्देही आउँदैछन् ।
  • मगर राष्ट्रिय मुक्ति मोर्चाको बुटवलमा हुने छैठौं राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न माओवादी नेताहरु रुपन्देही आउन लागेका हुन् ।
  • प्रचण्ड सहितका नेताहरु बुधवार आज बिहान १०ः३० मा भैरहवा विमानस्थल ओर्लेर ओमसतिया गाउँपालिका ६ मा जमुहानी तालमा बन्ने पार्क शिलान्यास गर्नेछन् ।

२८ फागुन, बुटवल ।

विभिन्न कार्यक्रममा सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत माओवादी पदाधिकारीहरु आज रुपन्देही आउँदैछन् । मगर राष्ट्रिय मुक्ति मोर्चाको बुटवलमा हुने छैठौं राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न माओवादी नेताहरु रुपन्देही आउन लागेका हुन् । प्रचण्ड सहितका नेताहरु बुधवार आज बिहान १०ः३० मा भैरहवा विमानस्थल ओर्लेर ओमसतिया गाउँपालिका ६ मा जमुहानी तालमा बन्ने पार्क शिलान्यास गर्नेछन् ।

प्रचण्डले दिउँसो १२ बजेदेखि १२ः३० बजेसम्म बुटवल ज्योतिनगरमा पहिरोको जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्ने र दिउँसो १ बजे बुटवलको ट्राफिक चोकमा मगर मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्र रुपन्देही संयोजक निर्मल जिसीले जानकारी दिए । सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, सचिव चक्रपाणी खनाल, पुर्व सभामुख ओनसरी घर्ती लगायतका नेताले पनि सम्बोधन गर्ने जिसीले बताए ।

बुटवलको कार्यक्रमपछि दिउँसो ३ः३० बजेदेखि ४ बजेसम्म प्रचण्ड सैनामैनाको मुर्गिया रंगशालामा सञ्चालित सैनामैना गोल्डकपका विजयी टिम र खेलाडीलाई पुरस्कार वितरण गर्न पुग्ने छन् । प्रचण्ड आजै साँझ काठमाडौं फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोबाइल लुटमा संलग्न तीन जना पक्राउ
मोबाइल लुटमा संलग्न तीन जना पक्राउ
‘गर या मर’को खेलमा चुकेन लुम्बिनी, जनकपुरविरुद्ध महत्त्वपूर्ण जित
‘गर या मर’को खेलमा चुकेन लुम्बिनी, जनकपुरविरुद्ध महत्त्वपूर्ण जित
एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न बालेनको आह्वान
एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न बालेनको आह्वान
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
खोटाङमा आठ रोपनी जग्गामा क्रिकेट मैदान बन्दै
खोटाङमा आठ रोपनी जग्गामा क्रिकेट मैदान बन्दै
बागलुङ दुर्घटनामा पर्ने सबैको पहिचान खुल्यो
बागलुङ दुर्घटनामा पर्ने सबैको पहिचान खुल्यो
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, राष्ट्रपति पौडेल
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, राष्ट्रपति पौडेल
महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
देउवाले १० महिनापछि बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
देउवाले १० महिनापछि बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक