विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने

सारांश

  • छलफलमा भाग लिँदै सांसद तुलसाकुमारी दाहालले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न सुझाव दिनुभयो ।
  • “बजेट विनियोजनका क्रममा नीति तथा कार्यक्रम तथा सिद्धान्त र प्राथमिकतामा केन्द्रित रहेर बजेट बनाउनुपर्छ र त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “लोकतन्त्रको मूल्य मान्यतामा आधारित भई, समृद्धि नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न समाजवाद उन्मुख आर्थिक, सामाजिक रुपान्तरण गर्न आत्मनिर्भर अर्थतन्त्रका लागि आर्थिक स्रोतको खोजी हुनुपर्छ ।
  • ” यसैगरी, सांसद जगप्रसाद शर्माले विनियोजन विधेयकका नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशीलता र विकासमा तीव्रताको सिद्धान्त लिए पनि प्रक्रियागत रुपमा त्रुटिपूर्ण रहेको टिप्पणी गर्नुभयो ।

 

काठमाडौँ, ३० वैशाखः राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल प्रारम्भ भएको छ । छलफलमा भाग लिँदै सांसद तुलसाकुमारी दाहालले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न सुझाव दिनुभयो । “बजेट विनियोजनका क्रममा नीति तथा कार्यक्रम तथा सिद्धान्त र प्राथमिकतामा केन्द्रित रहेर बजेट बनाउनुपर्छ र त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ,” उहाँले भन्नुभयो,

“लोकतन्त्रको मूल्य मान्यतामा आधारित भई, समृद्धि नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न समाजवाद उन्मुख आर्थिक, सामाजिक रुपान्तरण गर्न आत्मनिर्भर अर्थतन्त्रका लागि आर्थिक स्रोतको खोजी हुनुपर्छ ।” यसैगरी, सांसद जगप्रसाद शर्माले विनियोजन विधेयकका नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशीलता र विकासमा तीव्रताको सिद्धान्त लिए पनि प्रक्रियागत रुपमा त्रुटिपूर्ण रहेको टिप्पणी गर्नुभयो । सांसद कृष्णबहादुर रोकायले कर्णली प्रदेशलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । “ कर्णली प्रदेशलाई उपेक्षा नगरी आगामी आवको बजेटमा कर्णलीलाई पर्याप्त रकम विनियोजन होस्,” उहाँले भन्नुभयो । सांसद बेदुराम भुसालले गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई त्यसबाट उठाउनेगरी बजेट बन्नुपर्नेमा जोड दिँदै दिगो विकासका लक्ष्य हासिल गर्ने ठोस कार्यक्रम विधेयकमा समावेश नभएको बताउनुभयो । –––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?