आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग वार्ता सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३, २०८१
|
|
३० पटक हेरिएको
Shares
आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग वार्ता सुरु

सारांश

  • विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु गरेको छ ।
  • हिजो आइतबारदेखि आन्दोलनमा उत्रिएका चालकसँग आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता सुरु भएको हो ।
  • आज बिहान साढे ९ बजेदेखिलाई बोलाइएको बैठक ढिला गरी सुरु भएको छ ।

३ असार, काठमाडौँ । विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु गरेको छ ।

हिजो आइतबारदेखि आन्दोलनमा उत्रिएका चालकसँग आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता सुरु भएको हो । आज बिहान साढे ९ बजेदेखिलाई बोलाइएको बैठक ढिला गरी सुरु भएको छ । पेट्रोलियम ट्यांकर चालक संघको नेतृत्वमा भएको आन्दोलनका कारण काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ (डिजेल–पेट्रोल) को ढुवानी ठप्प छ ।

चालक संघले मजदुर विगतदेखि नै न्यून सेवा सुविधामा काम गरिरहेको जनाएको छ । ट्यांकर चालक मजदुरको समस्या समाधान गर्न आयल निगम, उद्योग वाणिज्य मन्त्रालय र सम्बन्धित निकायलाई पटक–पटक आग्रह गरिए पनि बेवास्ता भएको संघका अध्यक्ष ईश्वर लामाले बताए ।

यस्ता छन् ढुवानीकर्ताका माग–

  • सम्पूर्ण ट्यांकर चालक/सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके बमोजिमको तलबको व्यवस्था गरिनुपर्ने
  • स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने
  • टेम्प्रेचरको सही व्यवस्थापन गरिनुपर्ने
  • सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था गरिनुपर्ने
  • ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने
  • चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने
  • चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता सम्बन्धित तालिमको व्यवस्थापन गरिनुपर्ने

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने
पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने
पहिरो खसेपछि कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध
पहिरो खसेपछि कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
११औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने नेकपा एमालेको निर्णय
११औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने नेकपा एमालेको निर्णय
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार
रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार
रवि र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश
रवि र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक
कोसी सरकारका सबै मन्त्री फेर्ने तयारी, बागमतीको निर्णय कुर्दै कांग्रेस
कोसी सरकारका सबै मन्त्री फेर्ने तयारी, बागमतीको निर्णय कुर्दै कांग्रेस
खेलाडीहरु अब खेल खेलेरै बाँच्नसक्ने स्थिति निर्माण भएको छः प्रधानमन्त्री ओली
खेलाडीहरु अब खेल खेलेरै बाँच्नसक्ने स्थिति निर्माण भएको छः प्रधानमन्त्री ओली