Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग वार्ता सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३, २०८१
|
|
३९ पटक हेरिएको
Shares
आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग वार्ता सुरु

सारांश

  • विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु गरेको छ ।
  • हिजो आइतबारदेखि आन्दोलनमा उत्रिएका चालकसँग आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता सुरु भएको हो ।
  • आज बिहान साढे ९ बजेदेखिलाई बोलाइएको बैठक ढिला गरी सुरु भएको छ ।

 

३ असार, काठमाडौँ । विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु गरेको छ ।

हिजो आइतबारदेखि आन्दोलनमा उत्रिएका चालकसँग आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता सुरु भएको हो । आज बिहान साढे ९ बजेदेखिलाई बोलाइएको बैठक ढिला गरी सुरु भएको छ । पेट्रोलियम ट्यांकर चालक संघको नेतृत्वमा भएको आन्दोलनका कारण काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ (डिजेल–पेट्रोल) को ढुवानी ठप्प छ ।

चालक संघले मजदुर विगतदेखि नै न्यून सेवा सुविधामा काम गरिरहेको जनाएको छ । ट्यांकर चालक मजदुरको समस्या समाधान गर्न आयल निगम, उद्योग वाणिज्य मन्त्रालय र सम्बन्धित निकायलाई पटक–पटक आग्रह गरिए पनि बेवास्ता भएको संघका अध्यक्ष ईश्वर लामाले बताए ।

यस्ता छन् ढुवानीकर्ताका माग–

  • सम्पूर्ण ट्यांकर चालक/सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके बमोजिमको तलबको व्यवस्था गरिनुपर्ने
  • स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने
  • टेम्प्रेचरको सही व्यवस्थापन गरिनुपर्ने
  • सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था गरिनुपर्ने
  • ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने
  • चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने
  • चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता सम्बन्धित तालिमको व्यवस्थापन गरिनुपर्ने

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसम सम्बन्धी जानकारीका लागि पूर्वअनुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी छ : मन्त्री सिन्हा
मौसम सम्बन्धी जानकारीका लागि पूर्वअनुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी छ : मन्त्री सिन्हा
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई
राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग
राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग
तातोपानी र रसुवागढी नाका ठप्प, थप  खोल्न माग
तातोपानी र रसुवागढी नाका ठप्प, थप खोल्न माग
मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा
मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
काठमाडौं उपत्यकामा सवारी साधन खोज्ने काम चुनौतीपूर्ण, उजुरी संख्या बढ्दो
काठमाडौं उपत्यकामा सवारी साधन खोज्ने काम चुनौतीपूर्ण, उजुरी संख्या बढ्दो
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु