एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न बालेनको आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
२६६ पटक हेरिएको
Shares
एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न बालेनको आह्वान

सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुनसरीमा भएको घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत सो प्रतिबद्धता जनाएका हुन् ।
  • घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको भन्दै उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

१३ साउन, काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुनसरीमा भएको घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत सो प्रतिबद्धता जनाएका हुन् । घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको भन्दै उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको भन्दै दोषीमाथि कानुनअनुसार कारबाही हुने जनाएका छन् ।

मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले लेखेका छन्, ‘सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ ।’ उनले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरेका छन् । एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न पनि प्रधामन्त्रीले आह्वान गरेका छन् । प्रधानमन्त्रीले लेखेका छन्, ‘फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सद्भाव कायम राखौँ ।’ सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख छन् । प्रधानमन्त्री शाहले सामाजिक घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए
चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह
युएईविरुद्ध कप्तान देव खनालको शतक
युएईविरुद्ध कप्तान देव खनालको शतक
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी
यस्तो छ , शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात  
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात  
हत्कडीसहित फरार थुनुवा बालाजु बसपार्कबाट पक्राउ
हत्कडीसहित फरार थुनुवा बालाजु बसपार्कबाट पक्राउ
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
विद्युत प्राधिकरणको तीन महिनामा नाफा नौ अर्ब ११ करोड
विद्युत प्राधिकरणको तीन महिनामा नाफा नौ अर्ब ११ करोड