Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अवैध लागूऔषधसहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ८, २०८१
|
|
८७ पटक हेरिएको
Shares

सारांश

  • ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्रामसहित झापा भद्रपुर नगरपालिका-७ बस्ने २१ वर्षीय ईन्द्र राजवंशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
  • प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.
  • प्र.

 

८ मंसिर,काठमाडौं : नागढुङ्गाबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन्। ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्रामसहित झापा भद्रपुर नगरपालिका-७ बस्ने २१ वर्षीय ईन्द्र राजवंशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा. प्र.०१-००६ ख ५२३७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३ ट्याब्लेटसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ बस्ने २१ वर्षीय जीवन शाहीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सुनौलीदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ०१०७  नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?