ट्यांकर मजदुरसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३, २०८१
|
|
३० पटक हेरिएको
Shares
ट्यांकर मजदुरसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि

सारांश

  • आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीचको छलफलमा सहमति जुटेसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ ।
  • नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
  • सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति जुटेको हो ।

३ असार, काठमाडौं । आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीचको छलफलमा सहमति जुटेसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ ।

नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति जुटेको हो । यससँगै थानकोट डिपोबाट अब निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको आपूर्ति हुनेछ । पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा आइतबारदेखि नै काठमाडौंका निजी पेट्रोल पम्पले पेट्रोल वितरण बन्द गरेका थिए । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतबारदेखि पेट्रोलिय पदार्थको ढुवानी रोकेको थियो । मजदुरहरूले सबै ट्यांकर चालक/सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोक अनुसार तलबको व्यवस्था गर्न माग गरेका छन् ।

स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न समेत माग गरिएको छ । टेम्प्रेचरको सही व्यवस्थापन गरिनु पर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनु पर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनु पर्ने, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनु पर्ने, चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता तालिमको व्यवस्था गरिनु पर्ने माग समेत गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता
राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता
नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने
नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने
जनकपुरबाट आजपाका २३ कार्यकर्ता पक्राउ
जनकपुरबाट आजपाका २३ कार्यकर्ता पक्राउ
आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना रिहा
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना रिहा
भारतबाट ल्याइँदै गरेको गाईको मासु सहित सर्लाहीमा दुई जना पक्राउ
भारतबाट ल्याइँदै गरेको गाईको मासु सहित सर्लाहीमा दुई जना पक्राउ
सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन् : देउवा
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन् : देउवा