सात महिनामा चौरानब्बे अर्ब ५२ करोड राजस्व सङ्कलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
सात महिनामा चौरानब्बे अर्ब ५२ करोड राजस्व सङ्कलन

सारांश

  • यो गत आवको सोही अवधिमा सङ्कलित रकममा  रु सात अर्ब ९५ करोडले बढी हो ।
  • उक्त कार्यालयले उक्त अवधिमा रु एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
  • कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको हो ।

९ फागुन,  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । यो गत आवको सोही अवधिमा सङ्कलित रकममा  रु सात अर्ब ९५ करोडले बढी हो ।

उक्त कार्यालयले उक्त अवधिमा रु एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको हो । “दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ”, उहाँले भन्नुभयो ।

गत साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड र असोजमा रु १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो । यो कार्यालयलाई चालु आवमा रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्न सरकारले निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण
सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण
करेन्ट लागेर विद्युत् अफिसका कर्मचारीकै मृत्यु, अन्य ३ जना घाइते
करेन्ट लागेर विद्युत् अफिसका कर्मचारीकै मृत्यु, अन्य ३ जना घाइते
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै
बालमन्दिरका पूर्वमहासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश
बालमन्दिरका पूर्वमहासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश
जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : अध्यक्ष हर्क साम्पाङ
जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : अध्यक्ष हर्क साम्पाङ
सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो
सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो
लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै
लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै
लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ नहुने
लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ नहुने