जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १४, २०८१
|
|
३१ पटक हेरिएको
Shares
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण

सारांश

  • धनुषाको जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टरले महोत्तरीको मटिहानीमा आगलागीबाट पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण गरेको छ ।
  • सुचना अधिकारी संजय मण्डलका अनुसार न्युरो हस्पिटलको एक टिम बिहिबार मटिहानी नगरपालिका वडा नं.
  • ६ स्थित अग्निपीडित परिवारहरुलाई राहत सोरुप खाध्यान्न र कपडाहरु वितरण गरेको हो ।

मौसम झा पाठक 

१४ वैशाख, जनकपुरधाम। धनुषाको जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टरले महोत्तरीको मटिहानीमा आगलागीबाट पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण गरेको छ ।

सुचना अधिकारी संजय मण्डलका अनुसार न्युरो हस्पिटलको एक टिम बिहिबार मटिहानी नगरपालिका वडा नं. ६ स्थित अग्निपीडित परिवारहरुलाई राहत सोरुप खाध्यान्न र कपडाहरु वितरण गरेको हो । जनकपुर न्युरो होस्पिटलका संचालक डा. विजय राउतको नेतृत्वमा पुगेको टोलीले पीडितहरु साडी, गम्छा, चामल, विस्कुट लगायतका राहत सामाग्री वितरण गरिएको हो । जलेको वस्तीका आगलागीबाट पीडित १ सय १० भन्दा बढी परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । पीडित परिवारलाई सो राहत सामाग्री मटिहानी नगरपालिका नगरप्रमुख हरिप्रसाद मण्डलले हस्तान्तरण गरेका थिए ।

उनले आफ्नो नगरको आगलागी पीडितलाई अस्पतालले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए । अस्पतालका संचालक राउतले यो विपदको घडीमा सबैले पीडितका लागि सहयोगी हात आगाडी बढाउनु पर्छ भन्ने अभिप्रायले हामीहरुले समेत सहयोगी भावनाका साथ राहत सामाग्री वितरण गरेको बताए । उनले अन्य सहयोगी हातहरुलाई समेत आगलागीबाट पीडितहरुको सहयोगका लागि अगाडी आह्वान गरे ।

तेसै गरि जनकपुर न्युरो होस्पिटलका संचालकले भने हामि समाजको जतिसुकै बेला सहयोग गर्न तयार हुन्छौ, होस्पिटल देखि लिएर गाउँ समाजमा समेत बेलाबेला सहयोग गर्दै आईरहेका छौं। डा राउतका अनुसार हामिले होस्पिटलमा बेला बेला शिविर समेत चलाउँदै आएका छौँ।राहत सामाग्री वितरणका लागि अस्पतालका संचालिका विभा राउत, चेयरमैन अजय राउत, सूचना अधिकारी संजय मण्डल लगायतका व्यक्ति पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने
सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने
सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
रत्नपार्क क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था
रत्नपार्क क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था
नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए
नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए
२ वर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
२ वर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस
जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस