अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
३७ पटक हेरिएको
Shares
अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल

सारांश

  • उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको बताएका छन् ।
  • मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि अर्थतन्त्रमा देखिएका चुनौतीलाई चिन्ने र समाधान खोज्ने काममा निरन्तर लागेको बताए ।
  • मुलुकको अर्थतन्त्रको सन्दर्भमा अर्थतन्त्र समस्या वा दबाबमा रहेको मनोविज्ञान प्रकट हुने गरेको भन्दै उनले जिम्मेवार निकायमा बसेकाहरूले समस्याको वर्णन नभई समस्या समाधानका लागि सार्थक पहल गर्नुपर्ने धारणा राखे ।

२७ जेठ, काठमाडौं ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि अर्थतन्त्रमा देखिएका चुनौतीलाई चिन्ने र समाधान खोज्ने काममा निरन्तर लागेको बताए ।

मुलुकको अर्थतन्त्रको सन्दर्भमा अर्थतन्त्र समस्या वा दबाबमा रहेको मनोविज्ञान प्रकट हुने गरेको भन्दै उनले जिम्मेवार निकायमा बसेकाहरूले समस्याको वर्णन नभई समस्या समाधानका लागि सार्थक पहल गर्नुपर्ने धारणा राखे । अर्थमन्त्री पौडेलले अहिलेको बजेट आर्थिक सुधारको अन्तिम किस्ता नभएकाले सुधारका कामहरू निरन्तर अघि बढ्ने स्पष्ट पारे  ।वञ्चित सीमाभित्र रहेर अहिले अनुशासित ढंगले बजेट निर्माण भएको र बजेटमार्फत आएका नीतिगत प्रबन्धले निजी क्षेत्र समेत उत्साहित देखिएको उनले बताए । त्यस्तै पौडेलले मौद्रिक नीति र वित्त नीतिमा सही सन्तुलन भएर नै अर्थतन्त्र अगाडि बढ्ने स्पष्ट पारे  ।  उनले मौद्रिक नीति र वित्तनीतिबीच समन्वय हुनुपर्ने राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको भनाइ सकारात्मक रहेको उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता
मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता
कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृ*त्यु
कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृ*त्यु
अब गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छः मन्त्री सुडी
अब गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छः मन्त्री सुडी
नहरमा डुबेर युवकको मृत्यु
नहरमा डुबेर युवकको मृत्यु
आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु
आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै
दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बोलाए पदाधिकारी बैठक
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बोलाए पदाधिकारी बैठक
जल, जमिन र जंगलसँगै जनसंख्या नेपालको सबैभन्दा ठूलो धन हो : गगन थापा
जल, जमिन र जंगलसँगै जनसंख्या नेपालको सबैभन्दा ठूलो धन हो : गगन थापा
कुशल र दीपेन्द्रको कीर्तिमानमा मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन
कुशल र दीपेन्द्रको कीर्तिमानमा मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन