खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ३०, २०८१
|
|
१९ पटक हेरिएको
Shares
खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका

सारांश

  • बुधबार बिहान शंकास्पद अवस्थामा घर नजिकको खेतमा एक वृद्धको शव फेला परेको हो।
  • जिल्लाको गौर नगरपालिका- ५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव फेला परेको हो।
  • उनको शव आफ्नै घर नजिक रहेको धान खेतमा भेटिएको रौतहटकी प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

 

३० साउन, वीरगञ्ज- रौतहटमा एक वृद्धको शव फेला परेको छ। बुधबार बिहान शंकास्पद अवस्थामा घर नजिकको खेतमा एक वृद्धको शव फेला परेको हो।

जिल्लाको गौर नगरपालिका- ५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव फेला परेको हो। उनको शव आफ्नै घर नजिक रहेको धान खेतमा भेटिएको रौतहटकी प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिइन्। महतोको हात र कोखामा धारिलो हतियारले प्रहार गरिएको पाइएको उनले बताइन्। चोट देख्दा उनको हत्या भएको आशंका गरिएको हो।

सूचना पाएर घटनास्थल पुगेको प्रहरीले मृतक महतोको घरबाट प्याकेटमा राखिएको अवस्थामा गाजा फेला पारेको तथा उनको गोजीबाट पनि गाजा बरामद गरिएको डिएसपी गिरीले बताइन्। मृतक महतो प्रतिबन्धित गाजाको सेवनकर्ता एवम् बेचबिखनमा समेत संलगन रहेको हुन सक्ने उनले बताइन्। घटनाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?