११ कक्षाको पठनपाठन १ असारदेखि नै सुरु गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ६, २०८३
|
|
३०३ पटक हेरिएको
Shares
११ कक्षाको पठनपाठन १ असारदेखि नै सुरु गरिने

सारांश

  • कक्षा ११ को पठनपाठन १ असारदेखि हुने भएको छ ।
  • शिक्षा मन्त्रालयले १ आसारदेखि सुरु गर्ने कार्ययोजना तयार पारेको छ ।
  • माध्यमिक शिक्षा (एसईई) को नतिजा छिट्टै प्रकाशित भएकाले ११ को कक्षा पनि छिट्टै सुरु गर्न लागिएको हो ।

६ जेठ, काठमाडौं ।

कक्षा ११ को पठनपाठन १ असारदेखि हुने भएको छ । शिक्षा मन्त्रालयले १ आसारदेखि सुरु गर्ने कार्ययोजना तयार पारेको छ । माध्यमिक शिक्षा (एसईई) को नतिजा छिट्टै प्रकाशित भएकाले ११ को कक्षा पनि छिट्टै सुरु गर्न लागिएको हो । ‘१ असारदेखि कक्षा सुरु गर्ने तयारी छ । फाइल तयार भएको छ । केही दिनमा निर्णय हुन्छ,’ शिक्षा मन्त्रालयका सहसचिव रूद्रप्रसाद अधिकारीले भने । यसवर्षको एसईईको नतिजा २९ दिनमा प्रकाशित भएको थियो । २८ वैशाखमा नतिजा प्रकाशित भएपछि अहिले विद्यालयहरूले धमाधम विद्यार्थी भर्ना गरिरहेका छन् ।

शैक्षिक सत्रलाई ढिलाइ हुन नदिन र विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई समयमै अगाडि बढाउन लागिएको हो  ।सामुदायिक र निजी विद्यालयहरूले पनि १ असारदेखि कक्षा सञ्चालन गर्नेगरी तयारी गरिरहेका छन् । यसवर्षको शैक्षिकसत्र १५ वैशाखबाट सुरु भएको थियो । ढिलागरी शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीको सिकाइमा प्रभावित नहुनेगरी योजना सरकारले ल्याएको छ । हिउँदे र वर्षे बिदा कटौतीका साथै शुक्रबार पनि पूरा समय पढाउने योजना सरकारले ल्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ दिनमै निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा
१५ दिनमै निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा
एमाले महाधिवेशनको उदघटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
एमाले महाधिवेशनको उदघटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा
प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा
छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्ने शिक्षक प्रहरीको हिरासतमा
छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्ने शिक्षक प्रहरीको हिरासतमा
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
लगानी सम्मेलनले आर्थिक समृद्धिको ढोका खुल्छः प्रधानमन्त्री
लगानी सम्मेलनले आर्थिक समृद्धिको ढोका खुल्छः प्रधानमन्त्री
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी