अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्यु, चालकसहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्यु, चालकसहित दुई जना पक्राउ

सारांश

  • कैलालीको धनगढीमा अटो रिक्सामा चढेको बेला बेहोस भएका एक जनाको मृत्यु भएको छ ।
  • बिहीबार शहीदगेटदेखि चौराहातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८८७ नम्बरको अटोमा सवार धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ४६ वर्षीय भुवन खत्री एक्कासी बेहोस भएका थिए ।
  • उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

२६ पुस, धनगढी । कैलालीको धनगढीमा अटो रिक्सामा चढेको बेला बेहोस भएका एक जनाको मृत्यु भएको छ । बिहीबार शहीदगेटदेखि चौराहातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८८७ नम्बरको अटोमा सवार धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ४६ वर्षीय भुवन खत्री एक्कासी बेहोस भएका थिए ।

उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनकाअनुसार अटो चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी–३ बस्ने ४२ वर्षीया मन्जुरी खानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री
द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री
ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा
ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्यौट
मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्यौट
भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै
भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी