Press 4K
बुधबार, २७ जेठ २०८३

ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ८, २०८२
|
|
१९ पटक हेरिएको
Shares
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने

सारांश

  • भवानी विद्यापीठ माध्यमिक विद्यालयमा ‘पालिकास्तरीय प्रतियोगितात्मक चित्रकला कार्यशाला’ तथा ललितकला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ   ।
  • सोमवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा भवानी विद्यापीठ माध्यमिक विद्यालय, फलेवास नगरपालिका– ५, खानिगाउँ पर्वत र फलेवास नगरपालिका, पर्वतको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
  • भवानी विद्यापीठ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर नेपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो ।

 

८ पुष, काठमाडौं ।

भवानी विद्यापीठ माध्यमिक विद्यालयमा ‘पालिकास्तरीय प्रतियोगितात्मक चित्रकला कार्यशाला’ तथा ललितकला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ   ।सोमवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा भवानी विद्यापीठ माध्यमिक विद्यालय, फलेवास नगरपालिका– ५, खानिगाउँ पर्वत र फलेवास नगरपालिका, पर्वतको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । भवानी विद्यापीठ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर नेपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ललितकलाका विविध आयाम, क्षेत्रको चर्चा गर्दै यस क्षेत्रको उत्थान, प्रवर्धनमा प्रतिष्ठानले काम गर्दै आएको र ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गर्दै देशका सबै ललितकलाकर्मी तथा नवपुस्तालाई समेट्न यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए । फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्रीले ललितकलालाई गाउँगाउँसम्म पु¥याउन संस्कृति र कला पर्यटनको प्रवर्धनमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार रेग्मीले विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभाको उजागरका लागि यस किसिमको प्रतियोगिताले थप ऊर्जा थप्ने बताउँदै प्रतिष्ठानसँगको सहकार्यमा यस्ता कार्यक्रम गर्न पाउँदा खुसी लागेकोधारणा पनि राखे । मच्छिन्द्र शाक्य र शर्मिला खनाल प्रशिक्षक रहेका कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य राधिका कँडेल, फलेवास नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत कृष्णप्रसाद आचार्य तथा नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थी÷शिक्षकलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा स्थानीय कलाकारहरूको सहभागितामा कला कार्यशाला तथा डिजिटल कला प्रदर्शनीसमेत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...