समाजवादी क्रान्ति र साम्राज्यवादबीच टक्कर सुरु भयो: दाहाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १५, २०८२
|
|
३८ पटक हेरिएको
Shares
समाजवादी क्रान्ति र साम्राज्यवादबीच टक्कर सुरु भयो: दाहाल

सारांश

  • नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले देशमा क्रान्तिकारी र प्रतिक्रान्तिकारी शक्तिहरू आमनेसामने भएको बताएका छन्।
  • उनले अबको संघर्ष समाजवादी क्रान्ति र साम्राज्यवाद बीच केन्द्रित हुने बताए।
  • शनिबार पेरिसडाँडामा शहीद प्रतिष्ठान नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट आएको उल्लेख गरे।

१५ कात्तिक, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले देशमा क्रान्तिकारी र प्रतिक्रान्तिकारी शक्तिहरू आमनेसामने भएको बताएका छन्। उनले अबको संघर्ष समाजवादी क्रान्ति र साम्राज्यवाद बीच केन्द्रित हुने बताए। शनिबार पेरिसडाँडामा शहीद प्रतिष्ठान नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट आएको उल्लेख गरे।

सबै देशभक्त र वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान समेत गरे। ‘अहिले हामी साम्राज्यवादसँग सीधै आमनेसामने छौं। अब प्रश्न छ,  समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने,’ उनले सुनाए।

गणतन्त्रपछिका सरकारहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दा निराशा छाएको स्वीकार्दै दाहालले हाल भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका युवाहरू क्रान्तिका नयाँ उत्तराधिकारी भएको बताए। ‘उनीहरूले देखाएको आक्रोशले समाजवादी क्रान्ति टाढा छैन भन्ने संकेत गरेको छ,’ उनले भने।

शान्ति प्रक्रियाका कामहरू अझै अधुरो रहेको बताउँदै उनले जनयुद्ध र जनआन्दोलनका सपना पूरा गर्न अन्तिम संघर्ष आवश्यक रहेको उल्लेख गरे। उनले प्रतिक्रान्तिको खतरालाई परास्त गर्न र समाजवादी क्रान्तिको तयारी गर्न एकताबद्ध हुनुको विकल्प नरहेकोमा जोड दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई
आज यी ६ प्रदेशमा भारी वर्षाको पनि सम्भावना
आज यी ६ प्रदेशमा भारी वर्षाको पनि सम्भावना
कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू
कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू
सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
पुराना कार र भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी हुँदै छ: शिक्षामन्त्री पुन
पुराना कार र भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी हुँदै छ: शिक्षामन्त्री पुन
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै
रविमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो थप २५ दिनको म्याद
रविमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो थप २५ दिनको म्याद