मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय

सारांश

  • सरकारले मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको छ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको  शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।
  • बैठकमा बोल्दै मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरूमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर उपचार सुरु भैसकेको भन्दै मुटु रोगको उपचारसमेत विस्तारको निर्णय गर्न प्रस्ताव गरेका थिए ।

१५ असोज ,काठमाडौँ। सरकारले मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको  शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग

उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरूमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर उपचार सुरु भैसकेको भन्दै मुटु रोगको उपचारसमेत विस्तारको निर्णय गर्न प्रस्ताव गरेका थिए ।

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा विशिष्टिकृत उपचार सेवा प्रादेशिक अस्पतालहरूमार्फत विस्तार गर्ने घोषणा गरेका थिए ।  मन्त्रालयले हालै मात्र अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै श्रोतमा निःशुल्क रुपमा सञ्चालन गर्ने तयारी अघि बढाएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : नेपालमा पश्चिम वायुको सामान्य प्रभाव
आजको मौसम : नेपालमा पश्चिम वायुको सामान्य प्रभाव
भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास
भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
आज जेठ ०२ गते मंगलबार, यस्तो छ आजको राशिफल।
आज जेठ ०२ गते मंगलबार, यस्तो छ आजको राशिफल।
सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते
सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते
१२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकलाई धम्की आयो : महासंघ
१२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकलाई धम्की आयो : महासंघ
प्रतिपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रतिपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
वर्षाले १३ स्थानमा सडक अवरुद्ध