सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर, २३ करोड ७५ लाख बिगो दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ९, २०८१
|
|
३० पटक हेरिएको
Shares
सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर, २३ करोड ७५ लाख बिगो दाबी

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
  • अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ ।

९ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ । आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई १० माघमा पक्राउ गरेर हिरासतमा राखेको छ ।

आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । विकल पनि १० माघमा सुनिल पौडेलसँगै पक्राउ परेका हुन् । उनीविरुद्धको अनुसन्धान बाँकी रहेको भन्दै अख्तियारले गत शुक्रबार २१ दिनका लागि विशेष अदालतबाट म्याद थप गरेको थियो ।

सुनिल पौडेलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । गत असोजमा दायर पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार मात्रै दोषी ठहर गरेको छ । विशेष अदालतले कसुर निर्धारणका लागि २५ वैशाखमा पेशी तोकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षायाममा हुन सक्ने महामारी रोक्न स्वास्थ्य मन्त्रालयले गर्‍यो ६ निर्णय
वर्षायाममा हुन सक्ने महामारी रोक्न स्वास्थ्य मन्त्रालयले गर्‍यो ६ निर्णय
चुनावको वातावरण बनाउन प्रधानमन्त्रीले खोजिन् नागरिक समाजको साथ
चुनावको वातावरण बनाउन प्रधानमन्त्रीले खोजिन् नागरिक समाजको साथ
सहकारी ठगीमा एमालेका नेता अर्याल पक्राउ
सहकारी ठगीमा एमालेका नेता अर्याल पक्राउ
पत्रकार सम्मेलन गर्दै रास्वपा
पत्रकार सम्मेलन गर्दै रास्वपा
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १३११ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १३११ जनालाई कारबाही
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
बालाजुमा एक महिलाले आफ्नै शरीरमा पट्रोल छर्केर लगाइन् आगो
बालाजुमा एक महिलाले आफ्नै शरीरमा पट्रोल छर्केर लगाइन् आगो
सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु
सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु
संवैधानिक निकायका पदाधिकारी विरुद्धको विषयमा सर्वोच्चले आज महत्त्वपूर्ण फैसला गर्दै
संवैधानिक निकायका पदाधिकारी विरुद्धको विषयमा सर्वोच्चले आज महत्त्वपूर्ण फैसला गर्दै