भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
३१ पटक हेरिएको
Shares
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी

सारांश

  •   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ को औपचारिक उद्घाटन गरे।
  • कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गरे।
  • कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे।

१ साउन, काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ को औपचारिक उद्घाटन गरे। कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे। उनले भने, “सर्वसम्मत रूपमा केन्द्रीय समिति गठन भइसकेपछिको पहिलो पदाधिकारी बैठकमा, उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाइसिएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन मैले दिएको थिएँ। त्यसै अनुसार देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।

यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो । यसका लागि म वाइसिएललाई धन्यवाद दिन चाहन्छु।” सम्बोधनका क्रममा दाहालले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरे। संसदमा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको उल्लेख गर्दै उनले भने, “यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै
नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
सुनको मूल्यमा भारी गिरावट, एकै दिन २७ सय रुपैयाँले घट्यो
सुनको मूल्यमा भारी गिरावट, एकै दिन २७ सय रुपैयाँले घट्यो
रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर
रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
अनियन्त्रित मोटरसाइकल दुर्घटनामा सर्लाहीमा युवकको मृत्य
अनियन्त्रित मोटरसाइकल दुर्घटनामा सर्लाहीमा युवकको मृत्य
सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले चलायो बस
सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले चलायो बस
विश्व कविता दिवसमा कविता प्रतियोगिता
विश्व कविता दिवसमा कविता प्रतियोगिता
बाढीपहिरो: बिहानैदेखि यी ६ सडक पूर्णरुपमा अवरुद्ध
बाढीपहिरो: बिहानैदेखि यी ६ सडक पूर्णरुपमा अवरुद्ध
अपरेशन सिन्दूरपछि प्रधानमन्त्री मोदीले गरे तीन देशको भ्रमण रद्द
अपरेशन सिन्दूरपछि प्रधानमन्त्री मोदीले गरे तीन देशको भ्रमण रद्द