Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुन तस्कर र सहकारी ठगलाई मन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ५, २०८०
|
|
४० पटक हेरिएको
Shares
सुन तस्कर र सहकारी ठगलाई मन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन

सारांश

  • सुन तस्कर र सहकारी ठगहरूलाई मन्त्री बनाएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
  • सोमबार नेविसंघ पशुपति क्याम्पस इकाईले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरूलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
  • सो क्रममा उनीहरूले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।

५ चैत, काठमाडौं। सुन तस्कर र सहकारी ठगहरूलाई मन्त्री बनाएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

सोमबार नेविसंघ पशुपति क्याम्पस इकाईले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरूलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरूले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । मन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले पुन र सुनको सम्बन्ध सार्वजनिक गर,भ्रष्ट सरकार मुर्दावाद,सुन तस्कर र सहकारी ठग गठबन्धन सरकार मुर्दाबादलगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेविसंघका केन्द्रीय सदस्य दिपकजंग शाहीले अहिले सरकार जनताको नभएर ठगहरुको सरकार भएको आरोप लगाए। उनले सुन तस्करी र सहकारीहरुलाई बचाउने काम सरकारबाट भएको भन्दै निरन्तर विरोध गर्ने जिकिर गरे। नेविसंघले विभिन्न प्रकरणमा मुछिएकालाई गृहमन्त्री र अर्थमन्त्रीका कारण अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारी मतकासाथ भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी
भारी मतकासाथ भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी
मौद्रिक नीतिले पनि बजारमा लगानी बढेन, आजै ५० अर्ब तान्दै राष्ट्र बैंक
मौद्रिक नीतिले पनि बजारमा लगानी बढेन, आजै ५० अर्ब तान्दै राष्ट्र बैंक
धनुषाको हिरासत फोडेर फरार ९ थुनुवामध्ये ७ पक्राउ
धनुषाको हिरासत फोडेर फरार ९ थुनुवामध्ये ७ पक्राउ
सर्लाहीको ईश्वरपुरमा बाल बिवाहा अन्त्यको लागि कलाकार सहितको सडक र्याली
सर्लाहीको ईश्वरपुरमा बाल बिवाहा अन्त्यको लागि कलाकार सहितको सडक र्याली
हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित
हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
सडक पूर्वाधार निर्माणलाई तीव्रता दिने सरकारको घोषणा
सडक पूर्वाधार निर्माणलाई तीव्रता दिने सरकारको घोषणा
पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी
पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी
निजामती सेवा पुरस्कारबाट महानिर्देशक बराल सम्मानित
निजामती सेवा पुरस्कारबाट महानिर्देशक बराल सम्मानित