सुन तस्कर र सहकारी ठगलाई मन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ५, २०८०
|
|
२६ पटक हेरिएको
Shares
सुन तस्कर र सहकारी ठगलाई मन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन

सारांश

  • सुन तस्कर र सहकारी ठगहरूलाई मन्त्री बनाएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
  • सोमबार नेविसंघ पशुपति क्याम्पस इकाईले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरूलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
  • सो क्रममा उनीहरूले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।

५ चैत, काठमाडौं। सुन तस्कर र सहकारी ठगहरूलाई मन्त्री बनाएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

सोमबार नेविसंघ पशुपति क्याम्पस इकाईले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरूलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरूले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । मन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले पुन र सुनको सम्बन्ध सार्वजनिक गर,भ्रष्ट सरकार मुर्दावाद,सुन तस्कर र सहकारी ठग गठबन्धन सरकार मुर्दाबादलगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेविसंघका केन्द्रीय सदस्य दिपकजंग शाहीले अहिले सरकार जनताको नभएर ठगहरुको सरकार भएको आरोप लगाए। उनले सुन तस्करी र सहकारीहरुलाई बचाउने काम सरकारबाट भएको भन्दै निरन्तर विरोध गर्ने जिकिर गरे। नेविसंघले विभिन्न प्रकरणमा मुछिएकालाई गृहमन्त्री र अर्थमन्त्रीका कारण अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?