भारतमा लगेर नेपालीको मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १५, २०८२
|
|
२९ पटक हेरिएको
Shares
भारतमा लगेर नेपालीको मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

सारांश

  • भारतमा लगेर नेपाली नागरिकको मिर्गौला बेच्ने गिरोहका नाइकेसहित थप दुई जना पक्राउ परेका छन्।
  • मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी र उनका सहयोगी सुजन भारतीलाई नियन्त्रणमा लिएको हो।
  • भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

१५ भदौ, काठमाडौं ।

भारतमा लगेर नेपाली नागरिकको मिर्गौला बेच्ने गिरोहका नाइकेसहित थप दुई जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी र उनका सहयोगी सुजन भारतीलाई नियन्त्रणमा लिएको हो। भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडितहरूले दिएको जाहेरीका आधारमा ब्युरोले ‘अपरेसन लाइफ फिल्ड’ नाम दिएर विशेष अनुसन्धान अघि बढाएको थियो।

यसअघि गत साउन २० गते यसै गिरोहमा संलग्न तीन जना पक्राउ परिसकेका छन्। हालसम्म उनीहरूविरुद्ध चार वटा मुद्दा दर्ता भएका छन् भने कम्तीमा पाँच जना पीडितले जाहेरी दिएका छन्। उक्त  गिरोहले सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङलगायतका जिल्लामा पुगेर विपन्न परिवारलाई विभिन्न प्रलोभनमा पारी  पीडितलाई काठमाडौं ल्याई भारतको नयाँ दिल्ली पुर्‍याउने गर्दथे।  दिल्ली पुगेपछि दलालमार्फत मिर्गौला निकालेर बिक्री गर्ने गरेको खुलेको छ।

भारतमा पुगेपछि उनीहरूको सहमतिविना नै मिर्गौला बेचिएको विवरण जाहेरीमा उल्लेख छ। यसले नेपालमा अंग बेचबिखन र तस्करीको गम्भीर स्वरुपलाई उजागर गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोका एक अधिकृतका अनुसार यो समूह लामो समयदेखि सक्रिय थियो। नाइके पक्राउ परेसँगै अब मूल जालो फुत्किन नपाउने गरी अनुसन्धान अघि बढाइनेछ।

नेपालमा यसअघि पनि भारत र अन्य मुलुकमा लगेर मिर्गौला बेच्ने गिरोह सार्वजनिक हुने गरेका छन्। सन् २०१७ मा पनि मोरङ र सुनसरीका युवाहरूलाई दिल्ली लगेरे मिर्गौला बेचिएको उजुरी दर्ता भएको थियो। त्यसयता प्रहरीले यस्ता गिरोहमाथि निरन्तर कारबाही गर्दै आएको छ।

विशेषज्ञहरूको भनाइमा गरिबी, बेरोजगारी र शिक्षा–सचेतनाको कमीका कारण नेपालमा अंग बेचबिखन सजिलै हुने गरेको छ। अंग तस्करी नियन्त्रणका लागि सीमामा निगरानी कडा गर्ने, जनचेतना कार्यक्रम विस्तार गर्ने र अन्तर्राष्ट्रिय सहकार्य बढाउने आवश्यक रहेको उनीहरूको सुझाव छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा
असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा
देशभर आंशिक बदली, कोशी र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर आंशिक बदली, कोशी र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया
मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया
धादिङ र तनहुँमा दुई जना मृ*त अवस्थामा फेला
धादिङ र तनहुँमा दुई जना मृ*त अवस्थामा फेला
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्यो, तराईमा तातो लहर चल्ने संभावना
काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्यो, तराईमा तातो लहर चल्ने संभावना
नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्ने निश्चित
नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्ने निश्चित
प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो
प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो