प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १३, २०८१
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सारांश

  •   प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
  • बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका प्रतिनिधिमण्डल तथा एजेन्डाबारे निर्णय गर्ने सम्भावना छ।
  • प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन प्रस्थान गर्ने तयारी भए पनि यसको औपचारिक निर्णय गर्न बाँकी छ।

 

१३ मंसिर, प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) का लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।  प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका प्रतिनिधिमण्डल तथा एजेन्डाबारे निर्णय गर्ने सम्भावना छ।प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन प्रस्थान गर्ने तयारी भए पनि यसको औपचारिक निर्णय गर्न बाँकी छ।आजको मन्त्रिपरिषद् बैठकमा चीन भ्रमणबाहेक सरकारका अन्य नियमित काम/कारबाहीका विषयमा छलफल हुने सम्भावना पनि छ।  आज बस्न लागेको मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ