कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
२९ पटक हेरिएको
Shares
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा

सारांश

  • सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले उनलाई हटाएर गल्ती गरेको बताए।
  • उनले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिए?
  • भन्ने प्रश्न पनि गरे।

१८ चैत,काठमाडौँ —

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले उनलाई हटाएर गल्ती गरेको बताए।

उनले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिए? भन्ने प्रश्न पनि गरे। उनले अदालतमा विचाराधीन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने धारणा व्यक्त गरे। शर्माले भने, ‘सभामुख महोदय, कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्थ्यो। हामी सत्तारूढ पक्षबाटै बोल्दै छौँ— सरकारले उनलाई हटाएर गल्ती गरेको छ। तर, यो विषय अदालतमा विचाराधीन भइसकेको छ। यस्तो अवस्थामा प्रतिपक्षीले समय किन माग्यो? सभामुखले समय किन दिनुभयो? प्रधानमन्त्रीले अदालतमा विचाराधीन मुद्दामा जवाफ किन दिनुभयो?’

उनले लोकतान्त्रिक प्रणालीमा नागरिकले अदालतको फैसला सर्वोपरि ठान्ने बताउँदै अदालतको निर्णय नै स्वीकार्य उल्लेख गरे । शर्माले फरक प्रसङ्गमा बोल्दै तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनमा भएको धनजन क्षतिप्रति सबैलाई दुःख लागेको भए पनि निर्मल निवासलाई नदुखेको भन्दै टिप्पणी गरे। उनले भने, ‘कुनै पनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन। जनतामा रहेका निराशा लोकतान्त्रिक प्रणालीभित्रै समाधान गर्दै जानुपर्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
१६ वर्षीया किशोरीसँग विवाह गर्दै गरेको अवस्थामा सुनसरीबाट ३ चिनियाँसहित ८ जना पक्राउ
दुई वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची
दुई वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची
मतदाता सूचीमा नाम लेखाउने समय अब १ दिन बाँकी
मतदाता सूचीमा नाम लेखाउने समय अब १ दिन बाँकी
यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं ः कुलमान घिसिङ
यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं ः कुलमान घिसिङ
मन्त्री कुलमानसहितको टोली बीपी राजमार्ग अनुगमन गर्न जाँदै
मन्त्री कुलमानसहितको टोली बीपी राजमार्ग अनुगमन गर्न जाँदै
यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प
यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प
मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त
मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय
सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय