Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
३५ पटक हेरिएको
Shares
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा

सारांश

  • सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले उनलाई हटाएर गल्ती गरेको बताए।
  • उनले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिए?
  • भन्ने प्रश्न पनि गरे।

 

१८ चैत,काठमाडौँ —

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले उनलाई हटाएर गल्ती गरेको बताए।

उनले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिए? भन्ने प्रश्न पनि गरे। उनले अदालतमा विचाराधीन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने धारणा व्यक्त गरे। शर्माले भने, ‘सभामुख महोदय, कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्थ्यो। हामी सत्तारूढ पक्षबाटै बोल्दै छौँ— सरकारले उनलाई हटाएर गल्ती गरेको छ। तर, यो विषय अदालतमा विचाराधीन भइसकेको छ। यस्तो अवस्थामा प्रतिपक्षीले समय किन माग्यो? सभामुखले समय किन दिनुभयो? प्रधानमन्त्रीले अदालतमा विचाराधीन मुद्दामा जवाफ किन दिनुभयो?’

उनले लोकतान्त्रिक प्रणालीमा नागरिकले अदालतको फैसला सर्वोपरि ठान्ने बताउँदै अदालतको निर्णय नै स्वीकार्य उल्लेख गरे । शर्माले फरक प्रसङ्गमा बोल्दै तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनमा भएको धनजन क्षतिप्रति सबैलाई दुःख लागेको भए पनि निर्मल निवासलाई नदुखेको भन्दै टिप्पणी गरे। उनले भने, ‘कुनै पनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन। जनतामा रहेका निराशा लोकतान्त्रिक प्रणालीभित्रै समाधान गर्दै जानुपर्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति
अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति
निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा
निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा
प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत
प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत
जातको आधारमा नभइ समावेशी सोच आवश्यक छ : देउवा
जातको आधारमा नभइ समावेशी सोच आवश्यक छ : देउवा
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो , कुलमान घिसिङ
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो , कुलमान घिसिङ
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री