सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

सारांश

  • भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उत्तराखण्ड प्रदेशका तीन विभागीय मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
  • शुक्रबार देहरादूनमा आयोजित दुईपक्षीय बैठक तथा परिचर्चा कार्यक्रममा मुख्यमन्त्री शाहले उत्तराखण्डका वन, पर्यटन र कृषि मन्त्रीसँग भेटघाट गरेकाे उनकाे सचिवालयले जनाएको छ ।
  • शाहले उत्तराखण्डका वन मन्त्री सुवोध उनियाल, पर्यटन मन्त्री सतपाल महाराज र कृषि मन्त्री गणेश जोशीसँग भेटघाट गरे ।

२० वैशाख, धनगढी ।

भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उत्तराखण्ड प्रदेशका तीन विभागीय मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । शुक्रबार देहरादूनमा आयोजित दुईपक्षीय बैठक तथा परिचर्चा कार्यक्रममा मुख्यमन्त्री शाहले उत्तराखण्डका वन, पर्यटन र कृषि मन्त्रीसँग भेटघाट गरेकाे उनकाे सचिवालयले जनाएको छ ।

शाहले उत्तराखण्डका वन मन्त्री सुवोध उनियाल, पर्यटन मन्त्री सतपाल महाराज र कृषि मन्त्री गणेश जोशीसँग भेटघाट गरे ।छलफलका क्रममा दुवै प्रदेशबीचको आपसी सहकार्य, अनुभव साटासाट तथा क्षेत्रगत विकासका सम्भावनामाथि ध्यान केन्द्रित गरिएको थियो। वन तथा पर्यटन प्रवर्द्धन सम्बन्धी छलफलमा प्रदेशहरूबीच धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय गन्तव्यहरूको विकास, रोगारीको सिर्जना, तथा विदेशी मुद्रा आर्जनका सम्भावनाहरूको विषयमा गम्भीर विचारविमर्श भएको थियो। पर्यटन मन्त्री सतपालसँग भएको भेटमा ‘मानसखण्ड सर्किट’, ‘आध्यात्मिक पर्यटन’ तथा ‘ओएलनेस टुरिजम’लाई प्रवर्द्धन गर्ने सम्भावनाबारे विशेष छलफल गरिएको मुख्यमन्त्रीकाे सचिवालयले जनाएको छ ।

यस्तै, कृषि मन्त्री गणेश जोशीसँगको छलफलमा नेपाल–भारतबीचको कृषि सहकार्य, आधुनिक प्रविधि प्रयोग, मौसमी तथा भौगोलिक अनुकूल कृषि प्रणाली, बीउ–बिजन र प्राविधिक सहयोग आदानप्रदानका सम्भावनाहरूबारे चर्चा गरिएको थियो। साथै, प्राकृतिक र जैविक खेती प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी विकसित गर्ने विषयमा पनि कुराकानी भएको थियो। मुख्यमन्त्री शाहको भेटघाटलाई प्रदेशस्तरीय कूटनीतिक सम्बन्ध विस्तार र क्षेत्रीय विकासका लागि महत्वपूर्ण अवसरको रूपमा लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
अन्तरिम सरकार बनाएर एक वर्षभित्र निर्वाचन गरौं : राजकिशोर यादव
अन्तरिम सरकार बनाएर एक वर्षभित्र निर्वाचन गरौं : राजकिशोर यादव
सर्लाहीमा जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव पक्राउ
सर्लाहीमा जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव पक्राउ
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने
भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली
भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली
सरकारलाई झुकाउने उपेन्द्र यादवको अडान
सरकारलाई झुकाउने उपेन्द्र यादवको अडान
भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै विपक्षी दलको अवरोध
प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै विपक्षी दलको अवरोध
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ