Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
४१ पटक हेरिएको
Shares
कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल

सारांश

  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताउनुभएको छ ।
  • बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनु भयो ।

७ साउन, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताउनुभएको छ । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनु भयो । उहाँले चुनौति आउँदैमा पलयन नै हुनुपर्ने भन्ने नरहेको बताउनु भयो ।

उहाँले चुनौतिको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने बताउनु भयो । आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्नु उचित हुने उहाँको भनाइ छ । पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्ने बताउनु भयो । पार्टीलाई अनुशासनमा अघि बढाउनसके त्यसले जनतामा आशा जगाउनसक्ने बताउनु भयो ।  अध्यक्ष नेपालले भन्नुभयो, ‘चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता छैन । पलायन हुनुपर्ने कुनै आवश्यकता छैन । सबै किसिमको चुनौतिको सामना गर्ने वैचारिक संघर्षसित जोडिएको कुरा होस्, संगठनात्मक निर्माणसँग जोडिएको होस्, आन्दोलनको मोर्चामा उत्रिनुपर्ने कुरा होस्,

जस्तोसुकै चुनौतिको पनि सामना गर्ने यदी आँट, साामथ्र्य छ भने र त्यही उद्देश्यअनुरुप अघि बढिरहिन्छ भने सही विचार पनि प्राप्त गर्न सकिन्छ । संगठनालाई उचाईमा पु¥याउन सकिन्छ । यो हाम्रो अनुभवले बताएको कुरा हो । आन्तरिक कुरा पार्टीभित्र गर्ने हो । जनवादी केन्द्रियताको संगठनात्मक सिद्धान्त भन्दा अर्को वैज्ञानिक र क्रान्तिकारी व्यवहारिक सिद्धान्त आएको छैन । कम्युनिष्ट आन्दोलनको भविष्य छ । पार्टीको पक्षपोषण गर्ने हो, पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्छ । पार्टीलाई अनुशासनमा अघि बढाउनसके त्यसले जनतामा आशा जगाउँछ ।’अध्यक्ष नेपालले समाजको परिवर्तन र रुपान्तरण गर्ने जिम्मेवारी अझै आफूहरुको काँधमा रहेको बताउनु भयो । समाजवादको ध्येय र उद्देश्यलाई सफल बनाउने अभिभारा अझै आफूहरुको काँधमा रहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति !
एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति !
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै
यू–१९ एसिया कप: श्रीलंकाले दियो नेपाललाई २३४ रनको लक्ष्य, सन्तोषको नाममा चार विकेट
यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग
यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग
फेरि सर्‍यो पत्रकार महासंघको चुनाव
फेरि सर्‍यो पत्रकार महासंघको चुनाव
भारतका पूर्वविदेशमन्त्री सिंहको निधन
भारतका पूर्वविदेशमन्त्री सिंहको निधन
प्रधानमन्त्री ओलीको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत
प्रधानमन्त्री ओलीको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा
लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु