कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल

सारांश

  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताउनुभएको छ ।
  • बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनु भयो ।

७ साउन, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताउनुभएको छ । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनु भयो । उहाँले चुनौति आउँदैमा पलयन नै हुनुपर्ने भन्ने नरहेको बताउनु भयो ।

उहाँले चुनौतिको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने बताउनु भयो । आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्नु उचित हुने उहाँको भनाइ छ । पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्ने बताउनु भयो । पार्टीलाई अनुशासनमा अघि बढाउनसके त्यसले जनतामा आशा जगाउनसक्ने बताउनु भयो ।  अध्यक्ष नेपालले भन्नुभयो, ‘चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता छैन । पलायन हुनुपर्ने कुनै आवश्यकता छैन । सबै किसिमको चुनौतिको सामना गर्ने वैचारिक संघर्षसित जोडिएको कुरा होस्, संगठनात्मक निर्माणसँग जोडिएको होस्, आन्दोलनको मोर्चामा उत्रिनुपर्ने कुरा होस्,

जस्तोसुकै चुनौतिको पनि सामना गर्ने यदी आँट, साामथ्र्य छ भने र त्यही उद्देश्यअनुरुप अघि बढिरहिन्छ भने सही विचार पनि प्राप्त गर्न सकिन्छ । संगठनालाई उचाईमा पु¥याउन सकिन्छ । यो हाम्रो अनुभवले बताएको कुरा हो । आन्तरिक कुरा पार्टीभित्र गर्ने हो । जनवादी केन्द्रियताको संगठनात्मक सिद्धान्त भन्दा अर्को वैज्ञानिक र क्रान्तिकारी व्यवहारिक सिद्धान्त आएको छैन । कम्युनिष्ट आन्दोलनको भविष्य छ । पार्टीको पक्षपोषण गर्ने हो, पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्छ । पार्टीलाई अनुशासनमा अघि बढाउनसके त्यसले जनतामा आशा जगाउँछ ।’अध्यक्ष नेपालले समाजको परिवर्तन र रुपान्तरण गर्ने जिम्मेवारी अझै आफूहरुको काँधमा रहेको बताउनु भयो । समाजवादको ध्येय र उद्देश्यलाई सफल बनाउने अभिभारा अझै आफूहरुको काँधमा रहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
प्रतिनिधिसभाको कार्यसूचीमा दोस्रोपटक चढ्यो अध्यादेश
प्रतिनिधिसभाको कार्यसूचीमा दोस्रोपटक चढ्यो अध्यादेश
अमेरिकी डलरसहित विराटनगर विमानस्थलबाट एक व्यक्ति पक्राउ
अमेरिकी डलरसहित विराटनगर विमानस्थलबाट एक व्यक्ति पक्राउ
मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान
मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो
बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो
१२ करोड ठगी मुद्दाका फरार उप्रेती पक्राउ
१२ करोड ठगी मुद्दाका फरार उप्रेती पक्राउ
कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल
कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तहरू आन्दोलित
कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तहरू आन्दोलित