अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २२, २०८१
|
|
१४ पटक हेरिएको
Shares
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

सारांश

  • सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ ।
  • यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको बताए ।

२२ वैशाख, काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ ।

यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको बताए । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औं बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकले अग्निपीडितलाई दुई किस्तामा रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत पोखरेलले दिए ।

‘विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ अनुसार उक्त रकम प्रदान गरिनेछ । कार्यविधिअनुसार आगलागी, डढेलो, भूकम्प, बाढी, पहिरो, चट्याङ, हुरीबतासबाट घरबास गुमाएका परिवारलाई अस्थायी आवास बनाउन २५ हजारका दरले दुई किस्तामा रकम प्रदान गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड
चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड
कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह
कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो
पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो
बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ
बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ
दलका शिक्षकलाई बर्खास्त गर्न ७७ जिल्लाकै इकाईलाई निर्देशन
दलका शिक्षकलाई बर्खास्त गर्न ७७ जिल्लाकै इकाईलाई निर्देशन
एनपिएलमा बोसिस्टोको कीर्तिमान, लिए एकै खेलमा ६ विकेट
एनपिएलमा बोसिस्टोको कीर्तिमान, लिए एकै खेलमा ६ विकेट