सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेमाथि कारबाही शुरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ९, २०८२
|
|
३० पटक हेरिएको
Shares
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेमाथि कारबाही शुरू

सारांश

  • काठमाडौं महानगरपालिकाले एक सातामा सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्ने ६२ जनालाई कारबाही गरेको छ ।
  • साउन महिनामा जनचेतना कार्यक्रम चलाएको कामपा प्रहरीले भदौ १ गतेबाट जनही ५ सय रुपियाँ जरिवानासहित कारबाही शुरू गरेको हो ।
  • एक सातामा ६२ जनालाई कारबाही गर्दा ३१ हजार रुपियाँ राजस्व संकलन भएको कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

९ भदौ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले एक सातामा सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्ने ६२ जनालाई कारबाही गरेको छ । साउन महिनामा जनचेतना कार्यक्रम चलाएको कामपा प्रहरीले भदौ १ गतेबाट जनही ५ सय रुपियाँ जरिवानासहित कारबाही शुरू गरेको हो । एक सातामा ६२ जनालाई कारबाही गर्दा ३१ हजार रुपियाँ राजस्व संकलन भएको कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँले सम्पदा क्षेत्र, विद्यालय र सार्वजनिक स्थलमा धूम्रपान गर्नेहरू कारबाहीमा परेका बताउनुभयो ।

विगतमा घोषणा गरेको नियम कार्यन्वयन नभएको गुनासो बढेपछि यो वर्षबाट कडाइ गर्न थालेको जिकिर गर्दै महानगर प्रहरी बल प्रमुख पाण्डेले अति गरिब व्यक्तिले धूम्रपान गरेको भेटिए अन्तिम पटकको लागि सम्झाई बुझाई गरेर चुरोट फाल्न लगाउने गरिएको जानकारी दिनुभयो । बढी भीडभाड हुने क्षेत्रमा नगरप्रहरी परिचालन गरेको कामपाका पूर्व, पश्चिम, उत्तर र मध्यक्षेत्रबाट खटिएका नगरप्रहरीले ती ६२ जनामाथि कारबाही गरेको हो । प्रहरी बल प्रमुख पाण्डेका अनुसार महानगरको स्वयम्भु, बौद्ध, वसन्तपुर, सिनेमा हल, बसपार्क, मठमन्दिर, स्कुल, कलेज र अस्पताल क्षेत्रबाहिर अनुगमन गर्दा अत्यधिक मात्रामा धूम्रपान गर्ने फेला परेका थिए ।

पशुपतिनाथको मन्दिरमा नियन्त्रण गर्न सकिए पनि आर्यघाटमा समस्या परिरहेको उल्लेख गर्दै पाण्डेले भन्नुभयो– ‘आर्यघाटमा शोकमा परेका व्यक्तिलाई कसरी ध्रूम्रपान नगर भन्ने ? समस्या परेको छ ।’ यद्यपि, नगर प्रहरीले आर्यघाट क्षेत्रमा पनि सम्झाई बुझाई गरी पठाउने गरेको प्रहरी प्रमुख पाण्डेको भनाइ छ । स्थानीयले फोन गरेर यो स्थानमा चुरोट खानेको संख्या बढेको छ भन्ने खबर दिनासाथ नगरप्रहरी टोली खटाएर कारबाही गर्ने गरेको पाण्डेले बताउनुभयो । नगरप्रहरीले चिया पसलभित्र चुरोट बेच्ने अनुमति दिएपछि पसलबाहिर पूर्ण प्रतिबन्ध लगाएको छ ।

त्यसै गरी अस्पताल क्षेत्रमा ब्यापक नगर प्रहरी परिचालन गरेको छ । विशेषगरी विदेशी र स्वदेशीको भीड लाग्ने स्वयम्भु, हनुमानढोका दरबारक्षेत्र, बौद्धनाथ, सिनेमा हललगायतका क्षेत्रलाई बढी निगरानीमा राखिएको छ । यसअघि २०७९ सालमा पनि महानगरक्षेत्रको सार्वजनिक स्थलभित्र चुरोट सेवन गर्न प्रतिबन्ध लगाइएको थियो । तर, त्यतिबेला कार्यान्वयन हुन सकेन ।

तीनवर्ष अघि के भएर रोकियो भन्नेबारे आफूलाई जानकारी नभएको जिकिर गर्दै प्रहरी बल प्रमुख पाण्डेले चालू आबदेखि सार्वजनिक स्थलमा धूम्रपान पूर्ण प्रतिबन्ध गरेको दाबी गर्नुभयो । सार्वजनिक स्थानमा धूम्रपान गरेमा जरिवाना तिराउने नियम हालै सम्पन्न चालू आर्थिक वर्ष २०८२|८३ मा आर्थिक विधेयकलाई पारित गरेर ल्याइएको हो ।

यसअघि सरकारले २०६८ मा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन र नियमावली जारी गरेको थियो । ऐन जारी गरे पनि कार्यान्वयन हुन सकेको थिएन । अब कामपाकै ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी बल प्रमुख पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ
क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु
क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
सरकार र शिक्षक महासंघबीच वार्ता सुरु
सरकार र शिक्षक महासंघबीच वार्ता सुरु
इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइको मृ*त्यु
इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइको मृ*त्यु
गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात जना घाइते
गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात जना घाइते
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो
त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो
ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति
ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति