अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
४५ पटक हेरिएको
Shares
अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने

सारांश

  • सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा.
  • रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् ।
  • बालुवाटार निकट स्रोतका अनुसार, उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेका हुन् ।

३० भदौ, काठमाडौं ।

सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् । बालुवाटार निकट स्रोतका अनुसार, उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेका हुन् ।

बालुवाटार स्रोतले भन्यो, ‘तलब बाहेक अरु केही पनि सुविधा लिँदिनँ, नामका अगाडि माननिय लेख्न पाइँदैन भन्ने शर्त राख्नुभएको थियो । त्यसमा हाम्रो के नै विमति हुन्छ र ?’ खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन् । खनाल केही समयअघि सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वमा थिए । सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको वकालत गर्दै आएका खनाल इमान्दार छवि बनाएका पूर्वसचिवका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पिना–गमगढी सडक स्तरोन्नतिका लागि १५ करोड बढी बजेट
पिना–गमगढी सडक स्तरोन्नतिका लागि १५ करोड बढी बजेट
संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने, साेही दिन सभामुख चयन
संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने, साेही दिन सभामुख चयन
प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली
प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली
जनमत सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
जनमत सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
पतञ्जलि जग्गा प्रकरण- याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि मुद्दा
पतञ्जलि जग्गा प्रकरण- याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि मुद्दा
मधेशसँगै सिंगो देश बनाउनुपर्ने छ : रामजी यादव
मधेशसँगै सिंगो देश बनाउनुपर्ने छ : रामजी यादव
कर्णाली याक्सले टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गर्दै
कर्णाली याक्सले टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गर्दै
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु
न्याय परिषद्ले गर्‍यो ६ जना जिल्ला न्यायाधीश सिफारिस
न्याय परिषद्ले गर्‍यो ६ जना जिल्ला न्यायाधीश सिफारिस
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री