७५ जिल्लामा ५ हजार नाघे डेंगु संक्रमित, दशैंमा झन् जोखिम

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १४, २०८२
|
|
५१ पटक हेरिएको
Shares
७५ जिल्लामा ५ हजार नाघे डेंगु संक्रमित, दशैंमा झन् जोखिम

सारांश

  • यसवर्ष डेंगु संक्रमित ५ हजार नाघेका छन् ।
  • सन् २०२५ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म ५ हजार १९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
  • ७५ जिल्लामा डेंगु फैलिदा गत एक हप्तामात्र २९४ नयाँ संक्रमित थपिएका छन् ।

१३ असोज,काठमाडौं ।

यसवर्ष डेंगु संक्रमित ५ हजार नाघेका छन् । सन् २०२५ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म ५ हजार १९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ७५ जिल्लामा डेंगु फैलिदा गत एक हप्तामात्र २९४ नयाँ संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार गण्डकीमा १ हजार ३२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी बागमती प्रदेशमा १ हजार १९१, लुम्बिनीमा ९११, कोशीमा ७३७, सुदूरपश्चिममा ६२२, कर्णालीमा २९६ र मधेशमा ११२ जनमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञहरूले वास्तविक संक्रमितको संख्या रिपोर्ट भएकाभन्दा धेरै हुन सक्ने बताउँछन् । ईडीसीडीले उपलब्ध तथ्यांक राष्ट्रिय प्रणालीमा रिपोर्ट भएको सरकारी तथ्यांक वास्तविक डेंगु संक्रमणको एक सानो भाग मात्र भएको हो । गत वर्षको तुलनामा यस वर्ष डेंगु संक्रमण उल्लेखनीय रूपमा कम भएको ईडीसीडीअन्तर्गत किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए ।

यस वर्ष सङ्क्रमण ७५ जिल्लामा फैलिएको भए पनि कुनै एक ठाउँमा ‘हटस्पट’ जस्तो अवस्था देखिएको छैन । दाहालले यसलाई सकारात्मक संकेतको रूपमा व्याख्या गर्दै भने, ‘गत वर्षको अन्त्यतिर काठमाडौं जस्ता क्षेत्रमा एकदमै तीव्र डेंगु संक्रमण फैलिएको थियो । तर तर यसपाली त्यस्तो कुनै ठाउँमा नदेखिएकाले ठूलो प्रकोपको सम्भावना कम भएको संकेत गर्छ ।’ दशैंमा आवतजावतले बढ्न सक्छ जोखिम दशैं चाडपर्वको समयमा मानिसहरूको आवतजावत बढ्ने भएकाले डेंगु संक्रमण अझै धेरै फैलिने सम्भावना रहन्छ । ‘दशैंमा घर जाँदा वा फर्कदा सङ्क्रमित क्षेत्रबाट अन्यत्र जाँदा परिवारमा सर्न सक्छ । मानिसहरूको गतिविधि बढ्दा लामखुट्टेको सक्रियता पनि बढ्छ, जसले जोखिम थप्छ,’ डा. दाहालले अनलाइनखबरसँग भने । उनका अनुसार, विगतका वर्षहरूमा दशैं अघि–पछि संक्रमण अलिकति फैलिएको देखिएको छ । तर यसपाली पनि सामान्य सतर्कता अपनाएमा ठूलो समस्या नहुने उनले बताए । चिकित्सकका अनुसार १० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखा पर्छन् । बाँकी ९ हजार मानिसमा लामखुट्टेलाई संक्रमण गर्न सक्ने क्षमता हुन सक्छ । विगत एक दशकमा तराईदेखि पहाडी जिल्लासम्म फैलिएको डेंगु अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ । सुरुमा भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता (एन्टिबडी) नबन्दासम्मको समयमा लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुन्छ । एक पटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ ।‘डेंगुका बिरामी लक्षण नदिखिने, स्वास्थ्य संस्थामा नजाने, परीक्षणमा नहुने वा रिपोर्ट पनि हुँदैन,’ ईडीसीडीका किट जन्य रोग नियन्त्रणका डा.दाहालले स्पष्ट पार्दै भने, ‘सरकारी तथ्यांकभन्दा दशौं गुणा डेंगुका बिरामी समुदायमा छन् भन्ने बुझिन्छ ।’

धेरै बिरामीले लक्षण विहीन अवस्थामा समुदायमा अन्य व्यक्तिलाई डेंगु सारिरहेको डा. दाहालले बताए । एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो । त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । २०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । त्यसयता हरेक वर्ष ठूलो संख्यामा संक्रमित देखिन थालेको छ । अब यो रोग स्थानीय रूपमा फैलिने भएकाले वर्षभरि जोखिम रहिरहेको छ । सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो । २०२३ मा कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । सन् २०२४ मा १५ जनाको मृत्यु र ४१,८६५ जना संक्रमित भएका थिए ।

विश्व परिवेश र शहरीकरण कारण डेंगुलाई पूर्णत घटाउन गाह्रो हुने विज्ञ बताउँछन् । शहरी क्षेत्रमा डेंगु फैलिनुको प्रमुख कारण अव्यवस्थित फोहोर व्यवस्थापन हो । विज्ञका अनुसार पानी जम्मा गर्न राखिएका ड्रम र बाल्टीहरू, पुराना टायर र फोहोरमैला, कौसी खेतीका गमला, खुला खाल्डाखुल्डीमा जमेको पानी स्थानहरू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस प्रजातिका लामखुट्टेका लागि प्रजनन् स्थल हुन् । विगत एक दशकमा तराईदेखि पहाडी जिल्लासम्म फैलिएको डेंगु अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ । दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा विरलै मात्र लामखुट्टे लाग्थ्यो । पहाडी र हिमाली जिल्लामा कीराहरूबाट सर्ने ‘किटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर केही वर्षयता तराईका भू–भागमा मात्रै हुने भनिएका रोगहरू पहाड हुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेका छन् ।

 

जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकूल मानिन्छ । किट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अन्डा उपयुक्त वातावरण पाउँदा वषौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फूल पार्न सक्छ । विज्ञका अनुसार डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको स्थानमा अन्डा पार्ने गर्छ । विशेषगरी वर्षाको पानी जम्ने ठाउँ, जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रा टायर, अलकत्रा वा खाली ड्रम, गमला, पानी ट्यांकी आदिमा यसले अण्डा पार्छ । डेंगु नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय ‘खोज तथा नष्ट अभियान’ नै हो । तर त्यसका लागि नागरिक स्वयं नै जिम्मेवार हुनुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ
फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ
सहकारी प्रकरणमा रविको नाम राख्ने अडानबाट कांग्रेस ब्याक, व्यक्ति विशेषको नाम नलेख्न सहमत
सहकारी प्रकरणमा रविको नाम राख्ने अडानबाट कांग्रेस ब्याक, व्यक्ति विशेषको नाम नलेख्न सहमत
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा
इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै
प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग
प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै पनि घर भत्किने छैन : बालेन
नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै पनि घर भत्किने छैन : बालेन
मुढाले किच्दा खोटाङमा काठ मजदुरको मृ*त्यु
मुढाले किच्दा खोटाङमा काठ मजदुरको मृ*त्यु