Press 4K
सोमबार, १७ कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १२, २०८२
|
|
५० पटक हेरिएको
Shares
बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला

सारांश

  • उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङले प्रवासमा रहेका नेपालीहरूसँग आसन्न निर्वाचनको विषयमा छलफल गरेका छन् ।
  • आइतबार बिहान जुममार्फत गरिएको छलफलमा अमेरिका, बेलायत, जापानमा रहेका प्रवासी नेपालीहरू सहभागी थिए ।
  • अध्यक्ष घिसिङले निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई नेपालमा रहेका आफन्तहरूलाई उज्यालो नेपालको चुनाव चिन्ह चिममा भोट गर्नु अनुरोध गर्न आव्हान गरे ।

 

काठमाडौं ।

उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङले प्रवासमा रहेका नेपालीहरूसँग आसन्न निर्वाचनको विषयमा छलफल गरेका छन् । आइतबार बिहान जुममार्फत गरिएको छलफलमा अमेरिका, बेलायत, जापानमा रहेका प्रवासी नेपालीहरू सहभागी थिए । अध्यक्ष घिसिङले निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई नेपालमा रहेका आफन्तहरूलाई उज्यालो नेपालको चुनाव चिन्ह चिममा भोट गर्नु अनुरोध गर्न आव्हान गरे । नेपालीहरूको लागि परिणाम दिन सक्ने पार्टी उज्यालो नेपाल भएकोले जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्न अध्यक्ष घिसिङले अनुरोध गरे ।

प्रवासमा रहेका नेपालीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको पार्टी मिलनले उज्यालो नेपाल पार्टीलाई घाटा पु¥याएको गुनासो गर्दै अब त्यस्तो विवादास्पद पार्टीसँग सहकार्य नगर्न सुझाएका छन् । पार्टी स्थापनाको २ महिनामा नै पार्टीले गति लिई सकेको हुनाले एउटा वैकल्पिक शक्ति निर्माणका लागि मेची महाकाली यात्रा गर्न र इमानदारी पूर्वक सक्रिय भएर लाग्न सुझाव दिएका छन्। मिटिङमा प्रचलित विश्वविद्यालय हार्वर्ड, एमआइटी लगायत युनिभर्सिटीमा कार्यरत प्रोफेसर तथा विद्धानहरू तथा स्थापित व्यवसायीहरू सहभागी थिए । सहभागीहरूले पार्टीलाई स्थापित गर्न र नेपाली भूमिलाई सहयोग गर्न आफूहरू सधैँ तयार रहेको बताएका थिए । उनीहरूले चुनावमा ठुलो मात्रामा आर्थिक खर्च लाग्ने भए पनि विवादित र भ्रष्टहरूसँग चन्दा नलिन पनि सुझाव दिएका छन् ।

मिटिङबाट भगवान श्रेष्ठको संयोजकत्वमा उज्यालो नेपाल प्रवास समिति बेलायत घोषणा भएको छ । जसमा प्रज्वल र पुष्कल श्रेष्ठ लगायत सदस्य छन् । यही अन्य सहभागीले प्रवासमा रहेका नेपालीहरूलाई समेटेर जानको लागि इच्छादेखाउँदा युरोपेली देश र अमेरिकामा पनि प्रवास कमिटी गठन गर्ने तयारी गरिरहेको उज्यालो नेपाल पार्टीका प्रवक्ता डा.राजु थापाले जानकारी गराए। अमेरिकामा रहेका डा.विष्णु जोशी र बेलायतमा रहेका एलएन पाण्डेले उज्यालो नेपालसँगको जुम मिटिङको संयोजन गरेका हुन् । मिटिङमा अमेरिकाबाट डा। विष्णु जोशी, डा.रञ्जन मिश्र, डा.सुदिप पंगेनी, प्रजल ढकाल, प्राध्यापक गोपी उप्रेती, कुमार सिंह डाँगी, गोविन्द न्यौपाने, एपी लामा शेर्पा सहभागी थिए ।
त्यस्तै बेलायतबाट भगीरथ योगी, एलएन पाण्डे, भगवान श्रेष्ठ, प्रज्वल, पुष्कल श्रेष्ठ सहभागी थिए । त्यस्तै जापानबाट रमेश थापा, उज्यालो नेपालबाट अध्यक्ष घिसिङ, डा। राजु पाण्डे, डा। महेन्द्र लावती, अनुप उपाध्याय, केदार खड्का सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...