अगामी तीन दिनमा देशका यी नदीहरूमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १२, २०८२
|
|
२६ पटक हेरिएको
Shares
अगामी तीन दिनमा देशका यी नदीहरूमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

सारांश

  • जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदीहरूको जलसतह बढ्ने जनाएको छ।
  • आज बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णालीलगायतका नदीहरूको बहाव सामान्य र सतर्कता तहभन्दा तलै रहे पनि अब बढ्ने क्रममा रहेको महाशाखाले उल्लेख गरेको छ।
  • महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज पश्चिम सेती (दिपायल) र बागमती (पधेरादोभान) मा पानीको बहाव उल्लेख्य बढ्नेछ।

१२ असार, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदीहरूको जलसतह बढ्ने जनाएको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णालीलगायतका नदीहरूको बहाव सामान्य र सतर्कता तहभन्दा तलै रहे पनि अब बढ्ने क्रममा रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज पश्चिम सेती (दिपायल) र बागमती (पधेरादोभान) मा पानीको बहाव उल्लेख्य बढ्नेछ। कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती र बबईका अधिकांश मापन केन्द्रमा भने बहाव सामान्य रूपमा बढ्ने पूर्वानुमान छ। भोलि (असार १३ गते) भने धेरै नदीमा बहाव उल्लेख्य बढ्ने देखिन्छ। महाशाखाका अनुसार भोलि दुधकोशी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती (दमौली), कालिगण्डकी, पश्चिम सेती, महाकाली, कन्काई, बागमती र पश्चिम राप्ती नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। महाशाखाले ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम औँल्याएको छ। आज मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा बैठक : संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
रास्वपा बैठक : संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
सेयर बजार २५२८ मा झर्‍यो, घट्यो कारोबार
सेयर बजार २५२८ मा झर्‍यो, घट्यो कारोबार
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
एनसेल बिक्रीमा समिति बनाउन आवश्यक थिएन : रवि लामिछाने
एनसेल बिक्रीमा समिति बनाउन आवश्यक थिएन : रवि लामिछाने
विशेष अदालतको फैसला सर्वोच्चले ८ वर्षपछि उल्टाएपछि समातिए पूर्वसीडीओसहित ३ जना
विशेष अदालतको फैसला सर्वोच्चले ८ वर्षपछि उल्टाएपछि समातिए पूर्वसीडीओसहित ३ जना
ब्राजिलमा हट एयर बेलुन दुर्घटना: कम्तीमा आठ जनाको मृ*त्यु
ब्राजिलमा हट एयर बेलुन दुर्घटना: कम्तीमा आठ जनाको मृ*त्यु
चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड
चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या