विशेष अदालतको फैसला सर्वोच्चले ८ वर्षपछि उल्टाएपछि समातिए पूर्वसीडीओसहित ३ जना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
६५ पटक हेरिएको
Shares
विशेष अदालतको फैसला सर्वोच्चले ८ वर्षपछि उल्टाएपछि समातिए पूर्वसीडीओसहित ३ जना

सारांश

  • सर्वोच्चले गत माघ ३० गते दोषी ठहर गरेका पूर्वप्रमुख जिल्ला अधिकारी जोशी, पूर्वस्थानीय विकास अधिकारी (एलडीओ) महेन्द्रलाल श्रेष्ठ र पशुपति विकास कोषका पूर्वनिर्देशक राजुकुमार रेग्मीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गिरफ्तार गरेको सीआईबीका एसपी युवराज खड्काले  जानकारी दिए।
  • पशुपति विकास कोषमातहतको गोठाटारस्थित ५३४ रोपनी जग्गामा अवैध रूपमा रुख कटान गरी बालुवा तथा माटो उत्खनन गरेर भ्रष्टाचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७१ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
  • तर विशेषले २०७३ भदौ ५ गते पदाधिकारी र कर्मचारीलाई सफाइ दिएर ठेकेदारलाई मात्रै दोषी ठहर गरेको थियो।

१९ फागुन, पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसला ८ वर्षपछि उल्टाउँदै सर्वोच्च अदालतले दोषी ठहर गरेपछि काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी (सिडीओ) प्रेमराज जोशीसहित अवकासप्राप्त तीन कर्मचारी पक्राउ परेका छन्।

सर्वोच्चले गत माघ ३० गते दोषी ठहर गरेका पूर्वप्रमुख जिल्ला अधिकारी जोशी, पूर्वस्थानीय विकास अधिकारी (एलडीओ) महेन्द्रलाल श्रेष्ठ र पशुपति विकास कोषका पूर्वनिर्देशक राजुकुमार रेग्मीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गिरफ्तार गरेको सीआईबीका एसपी युवराज खड्काले  जानकारी दिए।

पशुपति विकास कोषमातहतको गोठाटारस्थित ५३४ रोपनी जग्गामा अवैध रूपमा रुख कटान गरी बालुवा तथा माटो उत्खनन गरेर भ्रष्टाचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७१ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर विशेषले २०७३ भदौ ५ गते पदाधिकारी र कर्मचारीलाई सफाइ दिएर ठेकेदारलाई मात्रै दोषी ठहर गरेको थियो। यसपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको थियो।

जसमा सुनुवाइ गर्दै सर्वोच्चले माघ ३० गते पशुपति विकास कोषका तत्कालीन सदस्य-सचिव निर्मल कुइँकेलसहित ९ जनालाई दोषी ठहर गरेको हो। तीमध्ये सीआईबी अहिलेसम्म माथि उल्लिखित ३ जना मात्र पक्राउ गर्न सफल भएको हो। अझै ६ जना फरार छन्। उनीहरूको खोजी भइरहेको सीआईबीले जनाएको छ।  सर्वोच्चले प्रेमराज जोशीलाई ६ महिना कैद र २ लाख ३७ हजार ६६६ रुपैयाँ जरिवाना,  श्रेष्ठलाई ४ वर्ष कैद र ७८ लाख ५३ हजार जरिवाना तथा रेग्मीलाई २ लाख ३७ हजार ६६६ रुपैयाँ जरिवाना सजाय सुनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन
राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन
८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ
८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ
जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ
जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ
विद्युत् महसुल निर्धारणका लागि नयाँ निर्देशिका जारी
विद्युत् महसुल निर्धारणका लागि नयाँ निर्देशिका जारी
शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल
शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल
मकवानपुरको बागमती नदी किनारमा तीन जनाको शव फेला
मकवानपुरको बागमती नदी किनारमा तीन जनाको शव फेला
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक
२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक
काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ
काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...