नेप्से १.६६ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
१७ पटक हेरिएको
Shares
नेप्से १.६६ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

सारांश

  • साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ ।
  • अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले घटेको बजार आजपनि घटेर बन्द भएको हो ।
  • बिहीबार नेप्से परिसूचक १.

२५ मंसिर, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले घटेको बजार आजपनि घटेर बन्द भएको हो । बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०७ अंकले घटेको छ ।

यस दिन बजारमा कारोबार रकममा पनि गिरावट देखिएको छ । बुधबार ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार ३२६ स्टकको ६९ हजार ७२९ पटकको कारोबारमार्फत ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरका ७७ लाख ६८ हजार कित्ता शेयर मात्रै किनबेच भए । बिहीबारको कारोबारमा दुई वटा कम्पनीको स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर यस दिन उच्च वृद्धि दर्ता गर्दै सकारात्मक सर्किटमा कारोबार भएका हुन् ।

यस्तै, ७.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशतभन्दा बढी बढ्यो भने श्रीनगर एग्रीटेकको शेयर मूल्य पनि करिब ६ प्रतिशतले उक्लिएको छ । विपरीत रूपमा, बजारमा उच्च कारोबारमा आएको मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य ८.४२ प्रतिशतले घट्दै दिनको सर्वाधिक गिरावटमा पर्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । कम्पनीका १८ करोड ९७ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएका छन् । दोस्रो स्थानमा श्रीनगर एग्रीटेक इन्डस्ट्रीज प¥यो, जसका करिब साढे १२ करोड रुपैयाँबराबरका शेयर किनबेच भए । १३ मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहमा गिरावट आएको छ । बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहहरूमा सामान्य सुधार देखिएको छ, जबकि अन्य उपसमूहहरूमा दबाब जारी रह्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा टिपरले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु
झापामा टिपरले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु
स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु
धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु
साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश
साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु, ३५ घाइते
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु, ३५ घाइते
कान्छाराम तामाङलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
कान्छाराम तामाङलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत