स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस

सारांश

  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ ।
  • कार्यकारी निर्देशक नियुक्तिका लागि निर्णय गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पठाएको छ ।
  • समितिले आवेदन स्वीकृति भएका १० जनासंग गत १८ र १९ फागुनमा लिएको प्रस्तुतिकरण र अन्तर्वार्ता पछि तीन जनाको नाम सिफारिस गरेको मन्त्रालयको उच्च स्रोतले जानकारी दियो ।

२५ फागुन, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ । कार्यकारी निर्देशक नियुक्तिका लागि निर्णय गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पठाएको छ ।

समितिले आवेदन स्वीकृति भएका १० जनासंग गत १८ र १९ फागुनमा लिएको प्रस्तुतिकरण र अन्तर्वार्ता पछि तीन जनाको नाम सिफारिस गरेको मन्त्रालयको उच्च स्रोतले जानकारी दियो । स्रोतका अनुसार समितिले कार्यकारी निर्देशक पदका लागि कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्लेको नाम सिफारिस गरेको हो । सम्भवत: अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यको यो प्रस्तावलाई निर्णय गर्नेछ । मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी समालिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ
सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ
भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम
नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ, पत्रकारलाई होइन : प्रचण्ड
नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ, पत्रकारलाई होइन : प्रचण्ड
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेशसभाको बैठक आह्वान