Press 4K
बुधबार, १३ श्रावण २०८३

नेप्से २६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २, २०८२
|
|
३१ पटक हेरिएको
Shares
नेप्से २६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

सारांश

  • साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार घटेर बन्द भएको छ।
  • अघिल्ला दुई दिन बढेको बजार यस दिन भने घटेको हो।
  • सोमबार नेप्से परिसूचक २६.

२ चैत, काठमाडौं ।

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार घटेर बन्द भएको छ। अघिल्ला दुई दिन बढेको बजार यस दिन भने घटेको हो। सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ६.३८ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१० अंकले घटेका छन्। कारोबार रकम पनि घटेको छ। आइतबार १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकको कारोबारमा ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै नेशनल हाइड्रोपावरको ६६ करोड रुपैयाँभन्दा बढी र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको साढे ४१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक मात्र बढेको छ भने बाँकी १२ उपसमूह घटेका छन्। बैंकिङ, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन : प्रधानमन्त्री ओली
मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन : प्रधानमन्त्री ओली
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी
निर्वाचन सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन
निर्वाचन सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन
सार्वजनिक यातायात ठप्प हुँदा यात्रु मारमा
सार्वजनिक यातायात ठप्प हुँदा यात्रु मारमा
आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने
आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
रवि लामिछानेलाई पोखरा पुर्‍याइयो
रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...