भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशसँग भिड्दै नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
११४ पटक हेरिएको
Shares
भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशसँग भिड्दै नेपाल

सारांश

  • भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज (आइतबार) नेपाल बंगलादेशसँग भिड्दै छ।
  •   नेपालले आज खेल्न लागेको तेस्रो खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।
  • जारी प्रतियोगितामा अहिलेसम्म नेपाल एक खेलमा विजयी र एकमा पराजित भएको छ।

८ भदौ, काठमाडौँ ।

भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज (आइतबार) नेपाल बंगलादेशसँग भिड्दै छ।  नेपालले आज खेल्न लागेको तेस्रो खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।जारी प्रतियोगितामा अहिलेसम्म नेपाल एक खेलमा विजयी र एकमा पराजित भएको छ। पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित नेपालले दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले हराएको हो।

प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोली सहभागी छन्।  चार टोलीबीच डबल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ। हाल भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ भने समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन्।  आजको खेलपछि नेपाल अगस्ट २७ मा पुनः बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग भिड्नेछ।

यसअघि नेपाल यो प्रतियोगितामा सातपटक सहभागी भइसकेको छ। जसमध्ये नेपाल सन् २०२२ मा उपाधि जित्न सफल भएको छ। भारत र बंगलादेशले भने दुई-दुईपटक उपाधि जितिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकिङ कसूर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ
महामारीमा संयमित भइ सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन
महामारीमा संयमित भइ सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन
स्वास्थ्य कार्यालय सर्लाहीको सार्वजनिक अनुरोध !
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
कर्णाली प्रदेशसभा सचिव खड्काद्धारा पदभार ग्रहण
कर्णाली प्रदेशसभा सचिव खड्काद्धारा पदभार ग्रहण
समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद