महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २५, २०८०
|
|
३६ पटक हेरिएको
Shares
महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
  • सभापति देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
  • बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसायीक राजनीतिकका सम्बन्धमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

सभापति देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसायीक राजनीतिकका सम्बन्धमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको छ । कांग्रेस नेताहरुका अनुसार सभापति देउवा महासमिति बैठक सार्ने पक्षमा छन् । जाडोको कारण देखाएर महासमिति बैठक सार्ने जोडबलमा देउवा रहेको नेताहरुको दाबी छ । कांग्रेस विधान अनुसार कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था छ । सभापति देउवाले ३७ जनाको कार्यसम्पादन समिति बनाएका छन् । प्रत्येक महिना बस्नुपर्ने कार्यसम्पादन समितिको बैठक विधान अनुसार भने बस्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको पोषण र सहचरी वृद्धि गर्न नवनियुक्त आईजीपी कार्कीको माग
प्रहरीको पोषण र सहचरी वृद्धि गर्न नवनियुक्त आईजीपी कार्कीको माग
पर्यटन मन्त्रालयलाई झन्डै १२ अर्ब बजेट
पर्यटन मन्त्रालयलाई झन्डै १२ अर्ब बजेट
कुलिङ पिरियड छानबिन समितिले आज प्रतिवेदन सदनमा पेश नगर्ने
कुलिङ पिरियड छानबिन समितिले आज प्रतिवेदन सदनमा पेश नगर्ने
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
एम्बुलेन्स सेवामा एकरूपता: सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’
एम्बुलेन्स सेवामा एकरूपता: सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’
ओलीलाई ५ वर्षअघिको फैसला सम्झाउँदै बालेनले भने – त्यतिबेला किन मौन बसेको ?
ओलीलाई ५ वर्षअघिको फैसला सम्झाउँदै बालेनले भने – त्यतिबेला किन मौन बसेको ?
रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु
रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु
अनुदान कटौतीप्रति उखु किसानको असन्तुष्टि, सरकारसँग पुनर्विचारको माग
अनुदान कटौतीप्रति उखु किसानको असन्तुष्टि, सरकारसँग पुनर्विचारको माग