आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै

सारांश

  • स्कटल्याण्डमा सोमबारदेखि आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखला सुरु हुँदैछ ।
  • शृंखलाको पहिलो खेलमा नेपालले सोमबार नै स्कटल्याण्डसँग खेल्दै छ ।
  • खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।

१८ जेठ, काठमाडौं ।

स्कटल्याण्डमा सोमबारदेखि आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखला सुरु हुँदैछ । शृंखलाको पहिलो खेलमा नेपालले सोमबार नै स्कटल्याण्डसँग खेल्दै छ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।

नेपालले स्कटल्याण्डसँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । अमेरिकामा गत अक्टोबरमा भएको लिग २ शृंखलामा नेपालले स्कटल्याण्डसँग एक खेल जित्दा एक खेल वर्षाका कारण हुन सकेन ।हालसम्म नेपाल र स्कटल्याण्डबीच ओडिआईमा भएका ८ खेलमध्ये ४ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ । पछिल्ला चार खेलमा नेपाल अपराजित छ जहाँ ३ जित निकाल्दा १ नतिजाविहीन थियो । अमेरिकाको शृंखलाअघि सन् २०२३ मा कीर्तिपुरमै भएको शृंखलामा नेपालले दुवै खेलमा जित हात पारेको थियो । यसपटक स्कटल्याण्डको होममा खेल भएकाले केही चुनौती भने हुनेछ ।

अंकतालिकामा १२ खेलबाट ६ अंक भएको नेपाल ८ टिममध्ये हाल पुछारमा रहेको छ । नेपाली टोलीका लागि यो अवे शृंखला अंक बटुल्ने हिसाबले महत्वपूर्ण हुनेछ । नेपालले स्कटल्याण्ड आउनुअघि बेलायतमा विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेल खेल्दै अपराजित रहेको थियो भने स्कटल्याण्ड आएर ए टोलीसँग पनि अभ्यास खेलेको थियो । स्कटल्याण्ड ए सँगको एक खेल गुमाएको नेपालले अर्को खेलमा पहिले ब्याटिङ गरेर ४५ ओभरमा २५३ रन बनाएपनि वर्षाका कारण दोस्रो इनिङ भने पूरा हुन सकेन । विशेषगरी स्कटल्याण्डको कन्डिशनमा संयमित ब्याटिङ गरेर अभ्यास खेलको जस्तै लय निरन्तरता दिन सके नेपालका लागि यो शृंखलाबाट केही महत्वपूर्ण जित प्राप्त हुन सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड
एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
मन्त्रिपरिषद्का नौ निर्णय सार्वजनिक (सूचीसहित)
मन्त्रिपरिषद्का नौ निर्णय सार्वजनिक (सूचीसहित)
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
मधेश सरकारसँग चार बुँदे सहमतिपछि आमरण अनशन स्थगित
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु
महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु